चैत्र १५, पोखरा
दुई फरक फरक स्थानमा अचेत अवस्थामा फेला परेका एक पुरुष र एक महिलाको उपचारका क्रममा मृत्यु भए पनि हालसम्म उनीहरू को पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका –१३ दुईकुलाको मुहानमा गत माघ ३ गते शनिबार एक महिला पानीमा डुबेर अचेत अवस्थामा फेला परेको थियो।
त्यस्तैगरी अन्दाजी ३५ वर्षकी देखिने उनलाई पनि तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि हालसम्म सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत माघ र चैत ३ गते फेला परेका ती व्यक्तिको सनाखत हुन नसकेपछि हुलिया सार्वजनिक गर्दै आफन्तको खोजीका लागि सहयोगको अपील गरिसकेको थियो ।
त्यस्तैगरी कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १० स्थित पोखरा रंगशालाको गेटमा चैत ३ गते एक पुरुष अचेत अवस्थामा फेला परेका थिए ।
अन्दाजी ५० देखि ५५ वर्ष उमेर देखिने ती पुरुषलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेको थियो । उनको उपचारकै क्रममा गत आइतबार चिकित्सकले मृत घोषणा गरेका थिए ।







प्रतिक्रिया