Top Header Ad 1

पोखरामा अवैध ढुङ्गा ओसार पसार-दुई बोलेरो जिप प्रहरी नियन्त्रणमा

पोखरामा अवैध ढुङ्गा ओसार पसार-दुई बोलेरो जिप प्रहरी नियन्त्रणमा

परिबर्तन न्युज
१८ चैत्र २०८२ बजे
परिबर्तन न्युज
१८ चैत्र २०८२

चैत्र १८,पोखरा

पोखरा महानगरपालिका वडा न. १९ बाट अवैध रूपमा कटपिस ढुङ्गा ओसारपसार भइरहेको अवस्थामा दुई वटा बोलेरो जिप प्रहरीले नियन्त्रणमा लिएको छ।

Advertisement:Ad

प्राप्त सूचनाको आधारमा चितेपानी क्षेत्रबाट अवैध रूपमा ढुङ्गा ढुवानी भइरहेको जानकारी पाएपछि प्रहरी टोलीले चेकजाँच तीव्र बनाएको थियो। सो क्रममा पोखरातर्फ आउँदै गरेका ग ३ च ४१६३ र ग २ च २५९ नम्बरका दुई बोलेरो जिपलाई रोकी जाँच गर्दा कट पिस ढुङ्गा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती ढुङ्गाको स्रोत खुल्ने तथा ढुवानीका लागि आवश्यक कुनै पनि आधिकारिक कागजात चालक वा सवारीधनी बाट फेला नपरेको जानकारी दिएको छ ।

सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले कागजात बिना ढुङ्गा ओसारपसार गरिएको पाइएकाले सवारी साधन नियन्त्रणमा लिइएको बताउनुभयो  भने गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा कागजातविहीन ढुङ्गा फेला परेको जानकारी दिनुभयो।

नियन्त्रणमा लिइएका दुवै जिप र ढुङ्गा थप अनुसन्धानका लागि र आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिका पठाइएको कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज