चैत्र १८, काठमाडौँ
उपत्यकाबाट बाहिरिने सर्वसाधारण यात्रुहरूलाई लक्षित गरी भइरहेको जबरजस्ती, ठगी तथा दुर्व्यवहार नियन्त्रण गर्न नेपाल प्रहरी ले कडा एक्सन सुरु गरेको छ।
यस क्रममा टिकट काउन्टरमा काम गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मिति २०८२ चैत १८ गते प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न व्यस्त यातायात क्षेत्रहरूमा अनुगमन गर्दा यात्रुहरूलाई आफूहरूले भनेको सवारी साधनमै चढ्न बाध्य पार्ने, तानातान गर्ने, दुःख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने कार्य भइरहेको भेटिएको थियो। सोही आधारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू मुख्यतया टिकट काउन्टरसँग आवद्ध रही बस तथा सुमोमा यात्रु व्यवस्थापनको नाम मा अनियमित गतिविधिमा संलग्न रहेको पाइएको छ।क्षेत्रगत विवरण यसप्रकार छः
बल्खु क्षेत्रबाट १९ जना (प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली)कलंकी क्षेत्रबाट २४ जना नयाँ बसपार्क क्षेत्रबाट ५ जना (प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले हाल उनीहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, यात्रुहरूलाई ढुक्क र सुरक्षित रूपमा यात्रा गर्न पाउने अधिकार सुनिश्चित गर्न यस्तो अभियानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।
यात्रुहरूलाई समेत कुनै प्रकारको जबरजस्ती, ठगी वा दुर्व्यवहार भए तत्काल नजिकको प्रहरी निकायमा जानकारी गराउन आग्रह गरिएको छ।







प्रतिक्रिया