Top Header Ad 1

दमौलीमा भीषण दुर्घटना: डिभाइडर नाघेको गाडीले स्कुटर ठक्कर दिँदा दुई जनाको ज्यान गयो

दमौलीमा भीषण दुर्घटना: डिभाइडर नाघेको गाडीले स्कुटर ठक्कर दिँदा दुई जनाको ज्यान गयो

परिबर्तन न्युज
२८ चैत्र २०८२ बजे
परिबर्तन न्युज
२८ चैत्र २०८२

चैत्र २८, तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

Advertisement:Ad

पोखराबाट काठमाडौं जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर विपरीत दिशाबाट आइरहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकहरूको सनाखत हुन बाँकी रहेको छ

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार दुर्घटनामा घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो। एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र अर्का एक जनाको तनहुँ सेवा अस्पताल, दुलेगौंडामा उपचारका क्रममा ज्यान गएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिनुभयो।

ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज