Top Header Ad 1

प्रधानमन्त्रीलाई गाली गर्ने युट्युब सन्चालक पोखरेल पक्राउ

प्रधानमन्त्रीलाई गाली गर्ने युट्युब सन्चालक पोखरेल पक्राउ

परिबर्तन न्युज
२९ चैत्र २०८२ बजे
परिबर्तन न्युज
२९ चैत्र २०८२

चैत्र २९,काठमाडाैं

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह विरुद्ध गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबर रोसन पोखरेललाई पक्राउ गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

प्रधानमन्त्री शाह लगायत अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन हुने किसिमका भिडियो बनाएको भन्दै Hades नामक युट्युब च्यानलका सन्चालक रोशन पोखरेल पक्राउ परेका हुन्।

पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका-७ का बासिन्दा पोखरेललाई जिल्ला प्रहरी कार्यालय, पाँचथरको टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी अनिश कर्णका अनुसार, प्रहरीको साइबर ब्यूरोको अनुसन्धान र समन्वयका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

अदालतबाट पोखरेललाई १० दिनको म्याद थपगरि हिरासतमा राखिएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बिधुतिय सञ्जालको दुरुपयोग गरी व्यक्तिको चरित्र हत्या गर्ने र सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई अश्लील गाली गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी कर्णले जानकारी दिनुभयो।

पछिल्लो समय नेपालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा युट्युब र अन्य सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित सामग्री प्रति साइबर ब्यूरोले कडा निगरानी राख्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज