Top Header Ad 1

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन,५० लाख बढीको कारोवार

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन,५० लाख बढीको कारोवार

परिबर्तन न्युज
२९ चैत्र २०८२ बजे
परिबर्तन न्युज
२९ चैत्र २०८२

चैत २९, पोखरा

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका पचास लाख बढीको कारोवार भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

महोत्सव मध्येतिर आउदाँ दर्शकहरुको सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिएको हुनाले महोत्सवमा जनसहभागिता बढेको सहजै बुझ्न सकिन्छ।

दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ ।त्यहाँ आलुको परिकारको एउटा स्टल ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन्  भने आलु प्रतिकेजी रु.३५ मा कारोवार भएको छ।

आइतबारसम्म रु. ८ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताउनुभयो ।उहाले हालसम्म सबैभन्दा बढी ६० केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि जानकारी दिनुभयो।

सामान्यतथा २० देखि ३० केजी किन्नेसम्म ग्राहक धेरै आउनु भएको र कास्कीका छिमेकी गाउँपालिका लगायत पर्वत, बाग्लुङ, तनहुँ, स्याङजाबाट समेत आलु खरिदका लागि मानिसहरु आउनुभएको बताउनुभयो ।

हेमजाको आलु मिठो छ, चाँडो पनि पाक्छ, बजारियाँको तुलनामा स्वास्थ्यकर पनि भएकाले आफूहरु आलु खरिदकै लागि आएको आइतबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ भिमादकी सुनिता श्रेष्ठले बताइन्।

यसैबीच जारी आलु महोत्सवमा आइतबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीसँग स्थानीय महिलाहरूले धमाकेदार दोहोरी प्रस्तुत पनि गरेका छन् । कार्यक्रमस्थलमा दर्शकहरूको बाक्लो उपस्थिति बीच प्रस्तुत दोहोरी निकै रोचक र मनोरञ्जनपूर्ण बनेको थियो । स्थानीय महिला समूह र बद्री पंगेनीबीच भएको सवाल–जवाफ शैलीको दोहोरीले माहोल नै तताएको थियो । दर्शकहरूले ताली र हुटिङसहित भरपुर साथ दिँदा कार्यक्रम अझ उत्साहजनक बनेको थियो । महोत्सवमा आइतबार मुख्य आकर्षणका रूपमा उक्त दोहोरी प्रस्तुति रहेको थियो ।

त्यस्तै सोमबार एन्जिला रेग्मी, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, राजेन्द्र गुन्दु्रके, मनोज गोर्खाली लगायतका प्रस्तुति रहने उल्लेख छ ।त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली लगायतका व्याण्डका प्रस्तुतिहरु रहनेछन्।

महोत्सवमा आइतबारबाट रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ।महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्।

आइतबारसम्ममा २५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठ जानकारी पनि दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज