वैशाख ६, पोखरा
मादि गाउपलिका ४ स्थित एकता क्लबले नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं भित्तेपात्रो बिमोचन साथै स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ।
मादि गाउँपालिका ४ तारकाङ आधारभुत स्वास्थ सेवा केन्द्रको प्राङ्गणमा रोटरि क्लब अफ भिजन काठमाडौ ले प्रायोजन गरेको स्वास्थ्य शिबिर को संयोजन गरेको क्लब ले आफ्नो भित्ते पात्रो बिमोचन कार्यक्रम पनि सम्पन्न गरेको क्लब का सहसचिव कपिल तिमल्सिना ले बताउनु भयो।
गण्डकी मेडिकल कलेज पोखराबाट आएको पोखरा- दन्त हस्पिटल को प्राबिधिक सहयोग र शाही हेल्थ प्याथोलोजि ले ल्याब सेवा प्रदान गरेको शिबिर बाट १२३ जना स्थानीय हरु ले प्रत्यक्ष लाभ लियको कुरा क्लवका कोषाध्यक्ष श्रीराम सापकोटा ले जानकारि गराउनु भयो।
रोटरी क्लब अफ भिजन काठमाडौं का अध्यक्ष जगत पोख्रेल र एकता क्लबका अध्यक्ष सन्तोष लामिछानेले संयुक्त रुपमा अध्यक्षता गर्नु भएको कार्यक्रमको संचालन क्लबका सचिब रोशन सापकोटा ले गर्नुभएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष शिब सापकोटा ले क्लबले अझै प्रभावकारि कार्यक्रम गर्ने र त्यसको लागि वडाको तर्फबाट सम्पुर्ण रुपमा सहयोग रहने बताउनुभयो।
कार्यक्रममा रोटरी क्लबको तर्फबाट उपाध्यक्ष दुर्गादेवी सुबेदि, अध्यक्ष जगत पोख्रेल र एकता क्लब को तर्फ बाट प्रकाश सापकोटा र अध्यक्ष सन्तोष लामिछानेले आफ्नो मन्तव्य राख्नुभएको थियो।








प्रतिक्रिया