वैशाख ७, पोखरा
पोखरा महानगरपालिका वडा न. २६ वरालडाँडामा जुवा तास खेलिरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले ९ जनालाइ पक्राउ गरेको छ।
जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीको मातहतमा रहेको इलाका प्रहरी कार्यालय सिसुवा बाट खटिइ गएको प्रहरी टोलीले आइतबार साँझ करिब ४:३० बजे उनीहरूलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट नगद नेपाली रुपैयाँ ३ लाख १९ हजार ४३५ र अमेरिकी डलर १३४/- घटनास्थलबाट बरामद गरिएको र सोही स्थानबाट चार बुक तास समेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत “जुवा तास वा सट्टेबाजी गर्न नहुने” मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका का निमित्त सूचना अधिकारीले जानकारी दिनुभयो।








प्रतिक्रिया