वैशाख १६, पोखरा
जेसीजले बैशाखको तेस्रोे साता जेसीज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ ।
१९७५ मा स्थापना भएको पोखरा जेसीजले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै परिष्कृत युवा, सशक्त नेतृत्व भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख १८ गतेदेखि २० गतेसम्म बिभिन्न कार्यक्रम गर्ने जनाएको हो ।
जेसीजले यही बैशाख १८ गते कार्यक्रमको उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम गर्ने जनाएको छ । सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ सँगको सहकार्यमा युवाहरूका लागि वित्तीय साक्षरता सहित उद्यमशीलता विकास तालिम सञ्चालन गरिने संयोजक एवं पोखरा जेसीजका उपाध्यक्ष ई. रविन्द्र गोदारले जानकारी दिनुभयो ।
बैशााख १९ गते कास्कीको मादी गाउँपालिका वडा नं.९, मिजुरेमा वृहत निःशुल्क आँखा शिविर आयोजना हुनेछ।हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको बताईएको छ । सप्ताहन्तको अन्तिम दिन बैशााख २० गते वृहत रक्तदान कार्यक्रम र विजनेस आइडिया सम्वन्धि कार्यक्रम गरिने संयोजक गोदारले बताउनुभयो ।
नब परिवर्तन सोच भएका युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम पोखरा जेसीजका अध्यक्ष जेसी सुमन पहारीले जानकारी दिनुभयो । विगत ५ दशकदेखि युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा पोखरा जेसीजले निरन्तर काम गर्दै आएको ले बताउनुभयो।
प्रचार प्रसार समितिका संयोजक संजय थापाले युवा लक्षित कार्यक्रमले समाजमा सचेतना वृद्धी गराउन सहयोग पुग्ने बताउनु भएको थियो भने यस प्रकारका विशेष कार्यक्रमलाई जेसीजले बार्षिक क्यालेण्डरमै समावेश गरेको जानकारी दिनुभयो।
पोखरा जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी सुमन पहारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेसी संजय पौडेलले गर्नुभएको थियो।








प्रतिक्रिया