वैशाख ३०काठमाडौँ
वादी समुदायकी अभियन्ता डा. रोशनी वादीले सर्वोच्च अदालतको इजलासभित्रै अनावश्यक भिड निर्माण गर्न गर्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
रोशनी वादीलाई फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा अमर्यादित व्यवहार देखाएपछि उनलाई नियन्त्रणमा लिइएको र अहिले उहाँलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।
फिल्म ‘लालीबजार’ ले वादी समुदायको मानमर्दन गरेको भन्दै प्रदर्शन रोक्न माग गरी सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासको सुनुवाइ पछि आदेश आउन भने बाँकी छ।
प्रकाशित मिति: ३० बैशाख २०८३








प्रतिक्रिया