जेठ २, पोखरा
कन्या क्याम्पस पोखरामा क्याम्पसका छात्राहरु बिच बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिको अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगितामा वडा नं. ३ का वडाध्यक्ष प्रकाशमान उदासको प्रमुख आतिथ्यता रहेको थियो ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा “संस्कृति संरक्षणमा यूवाको भूमिका ” भन्ने बिषयमा छात्राहरू विच भएको उक्त प्रतियोगितामा १५ जना छात्राहरूको सहभागीता रहेको थियो ।
कार्यक्रमका सभापति मल्लले छात्राहरूमा आफ्नो संस्कृति प्रति सचेतना अभिवृद्धि गर्नका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रकाशमान उदासले नेपाल र नेपालीहरूको पहिचान नै नेपालको विविध संस्कृति भएकाले यसको जगेर्ना गर्न छात्राहरुलाई अनरोध गर्नुभएको थियो ।
प्रतियोगिताको प्रमुख निर्णायक चन्द्रावती वाग्ले रहनु भएको समितिमा डा. भूमिराज बस्ताकोटी र लक्ष्मी सापकोटा सदस्य रहनु भएको थियो । उक्त प्रतियोगितामा बी.एड. प्रथम बर्षका छात्रा रितिका परियार प्रथम, बी.एड. प्रथम बर्षका छात्रा रेश्मा भट्टराई द्वितिय, बी.बी.एस प्रथम बर्षका छात्रा कोपिला सुबेदी तृतिय र बी.ए. प्रथम बर्षका छात्रा अनिसा पुन तथा कक्षा ११ का छात्रा करुणा बयलकोटीले सान्त्वना स्थान हासिल गरेका थिए ।
बिजेता छात्राहरूले प्रमाणपत्र तथा नगद पुरस्कार प्राप्त गरेका थिए । छात्राहरुले पश्चिमी सस्कृतिको व्याप्तताले आफ्नो देशका् सस्कृति लोप हुने खतरा बढेको बताउदै देशको सस्कृति बचाउन यूवाहरु लाग्नपर्ने बताउनु भएको थियो। क्याम्पस प्रमूख सुरेस कुमार मानन्धर, प्राध्यापक संघका सभापति दिननाथ अधिकारी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
प्राध्यापक संघका उपसभापति एवं अतिरिक्त क्रियाकलाप प्रमूख अर्चना यादवले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको थियो।








प्रतिक्रिया