Top Header Ad 1

पोखराको सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ

पोखराको सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जना पक्राउ

प्रहरीका अनुसार सवारी साधनको हेल्पर काम गर्ने तथा खाना खाने विषयमा विवाद हुँदा झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

परिबर्तन न्युज
९ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
९ जेष्ठ २०८३

जेष्ठ ९, पोखरा

पोखराको नयाँबजार क्षेत्रमा सार्वजनिक स्थानमा झै–झगडा गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement:Ad
Advertisement:Ad

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ ७ गते पोखरा महानगरपालिका–९ नयाँबजार क्षेत्रमा दुई समूहबीच भएको कुटाकुटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सवारी साधनको हेल्पर काम गर्ने तथा खाना खाने विषयमा विवाद हुँदा झडप भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा तनहुँका विजय अधिकारी, धादिङका राजकुमार परियार, स्याङ्जाका सुजन परियार तथा पोखरा–१६ का निरज आले मगर रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज