Top Header Ad 1

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित बाटुलेचौरमा सीप मूलक तालिम सम्पन्न

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित बाटुलेचौरमा सीप मूलक तालिम सम्पन्न

तालिममा मटन र आँपको अचार बनाउने तथा सेलरोटी तयार गर्ने सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय ३६ जना महिलाहरूको उत्साहजनक सहभागिता

परिबर्तन न्युज
१० जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
१० जेष्ठ २०८३

जेठ १० पोखरा

पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित नमुना बहुद्देशीय सामुदायिक अध्ययन केन्द्रको आयोजनामा बेरोजगार महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले एक दिने सीपमूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।

Advertisement:Ad
Advertisement:Ad

तालिममा मासु र आँपको अचार बनाउने तथा सेलरोटी तयार गर्ने सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय ३६ जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका सल्लाहकार मोहनबहादुर थापा ले ब्यानरमा हस्ताक्षर गर्दै महिलाहरूलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले सीप र मेहनत भए घरमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने उल्लेख गर्दै सिकेको ज्ञानलाई व्यवसायिक रूपमा अघि बढाउन सहभागीहरूलाई प्रेरित गर्नुभयो। साथै, समाज रूपान्तरणमा महिलाको भूमिका महत्वपूर्ण रहने भएकाले महिलाको क्षमता विकासमा सबै पक्षले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

पोखरा महानगरपालिका वडा नं. १६ को ५० हजार रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष भगवती भट्टराई को अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष भट्टराईले महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्न सक्ने वातावरण सिर्जना गर्न यस्ता तालिम प्रभावकारी हुने बताउँदै सीप सिकेर व्यवहारमा उतार्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्योति बस्नेत ले स्वागत मन्तव्य राख्दै महिलाहरू आर्थिक रूपमा सक्षम भए परिवार र समाज नै सशक्त बन्ने धारणा व्यक्त गर्नुभयो। संस्थाका सल्लाहकार माधव शर्मा ले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्दै सीपमूलक तालिमले बेरोजगार महिलाहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

तालिमका प्रशिक्षकद्वय कमला श्रेष्ठ र ऋतु बानिया ले सहभागीहरू लाई व्यवहारिक अभ्याससहित अचार तथा सेलरोटी बनाउने तरिका सिकाउनुभएको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएको कार्यक्रम संस्थाका सचिव गीता पौडेलले भव्य र सभ्य रूपले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज