Top Header Ad 1

दोस्रो जेन्जी आन्दोलन गर्न बाध्य नपारियोस भन्दै भोलि पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम

दोस्रो जेन्जी आन्दोलन गर्न बाध्य नपारियोस भन्दै भोलि पोखरामा शान्तिपूर्ण धर्ना कार्यक्रम

परिबर्तन न्युज
२२ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
२२ जेष्ठ २०८३

जेठ २२, पोखरा

देशमा व्याप्त भ्रष्टाचार,नातावाद,कृपावाद, दण्डहीनता तथा कुशासन विरुद्ध भोलि जेष्ठ २३ गते बिहान ११ बजेदेखि ५ बजेसम्म पोखरा का जेन्जीहरुले धर्ना दिने भएका छन्।

Advertisement:Ad
Advertisement:Ad

जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह, कास्की द्वारा देशमा व्याप्त भ्रष्टाचार, नातावाद, कृपावाद, दण्डहीनता तथा कुशासन विरुद्ध युवाहरूको नेतृत्वमा सञ्चालन भएको शान्तिपूर्ण जेन्जी आन्दोलन नेपालको लोकतान्त्रिक इतिहासमा नागरिक जागरण, सुशासनको माग र राजनीतिक उत्तरदायित्वको पक्षमा उठेको महत्वपूर्ण आन्दोलनको पृष्ठभूमिमा भएको चुनाव र त्यसबाट बनेको सरकारले हजारौँ युवाहरूलाई देशमै आफ्नो भविष्य छ भन्ने भाव व्यक्त गर्न नसक्दा दुखित भएकोले अझै जिम्मेवार बन्न आग्रह गर्दै घरमा कार्यक्रम गर्न लागिएको आयोजकले जानकारी दिए  ।

जेन्जी आन्दोलनको पृष्ठभूमिबाट बनेको सरकार भएपनि दुःखका साथ भन्नुपर्दछ कि आन्दोलनका क्रममा पक्राउ परेका धेरै युवाहरू माथि अझै पनि विभिन्न मुद्दाहरू कायम छन्, कतिपय आन्दोलन कारीहरू पुर्पक्षका लागि थुनामा रहेका छन्, र आन्दोलनपछि सरकार तथा आन्दोलनकारी पक्षबीच भएका सहमति, प्रतिबद्धता तथा सम्झौताहरूको पूर्ण कार्यान्वयन हुन नसकेकोले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका नागरिक हरूमाथि यस्ता अवस्थाहरू कायम रहनु संविधानको भावना, नागरिक स्वतन्त्रता तथा मानव अधिकारका आधारभूत सिद्धान्तहरूसँग मेल नखाएको ले गर्दा पनि धर्ना कार्यक्रम गर्न बाध्य भएको बताएका थिए ।

जेन्जी आन्दोलनपछि गठित कार्की आयोग तथा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेका प्रतिवेदनहरूले आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष अध्ययन गर्दै हिंसा वा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न सिफारिस गरेका छन् । यदि राज्यले ती सिफारिसहरू कार्यान्वयन गर्ने हो भने त्यसको आधार निष्पक्षता, प्रमाण, कानुनी समानता र भेदभावरहित न्याय हुनुपर्छ । अन्यथा, आन्दोलनमा सहभागी नागरिकहरूमाथि लगाइएका राजनीतिक प्रकृतिका सम्पूर्ण मुद्दाहरू बिना शर्त फिर्ता गरी राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट र दृढ धारणा राख्नको लागि पनि धरना कार्यक्रम गर्नुपरेको जानकारी दिएका थिए ।

उनीहरूले अझै हामी पुनः स्पष्ट गर्न चाहन्छौँ भन्दै हाम्रो अभियान कुनै व्यक्ति, संस्था वा राजनीतिक दलविरुद्ध लक्षित छैन । यो अभियान न्याय, नागरिक स्वतन्त्रता, मानव अधिकार, विधिको शासन तथा लोकतान्त्रिक मूल्यहरूको संरक्षण र प्रवर्द्धनका लागि सञ्चालन गरिएको नागरिक अभियान हो । लोकतान्त्रिक राज्यले नागरिकको आवाजलाई दमन, प्रतिशोध र डरको माध्यमबाट होइन, संवाद, सहमति र न्यायपूर्ण समाधानको माध्यमबाट सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ धर्ना कार्यक्रम आयोजना गरेको बताएका थिए ।

राज्य, सरकार, राजनीतिक दलहरू तथा सम्बन्धित निकायहरूसँग गम्भीरतापूर्वक आग्रह गर्दछौँ भन्दै जेन्जी आन्दोलनलाई केवल एउटा विरोध कार्यक्रमको रूपमा होइन, सुशासन, उत्तरदायित्व र लोकतान्त्रिक सुधारको पक्षमा उठेको जनआकांक्षाको अभिव्यक्ति का रूपमा हेरियोस् ।आन्दोलनका क्रममा उत्पन्न भएका राजनीतिक तथा कानुनी समस्याहरूको न्यायोचित समाधान खोज्दै आन्दोलन सँग सम्बन्धित सम्पूर्ण मुद्दाहरूको उचित सम्बोधन गर्नको लागि पनि यो धर्ना कार्यक्रम गर्न लागिएको जानकारी दिए।

सम्बन्धित निकायले हाम्रो जायज मागप्रति गम्भीर र संवेदनशील बनेनन् भने आगामी दिनहरूमा थप सशक्त, संगठित, लोकतान्त्रिक तथा पूर्ण रूपमा शान्तिपूर्ण दबाबमूलक कार्यक्रमहरू घोषणा गर्न हामी बाध्य हुनेछौँ । अन्त्यमा, यस अभियानमा साथ, सहयोग र ऐक्यबद्धता जनाउनुहुने सम्पूर्ण नागरिक, सञ्चारमाध्यम, मानव अधिकारकर्मी, नागरिक समाज तथा लोकतन्त्रप्रेमी शक्तिहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भोलि हुने कार्यक्रममा सबैलाई सहभागी भइदिनुहुन हार्दिक अनुरोध गरिएको छ।

यसै सन्दर्भमा संस्था जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह, कास्की को आयोजनामा नागरिक स्वतन्त्रता,लोकतान्त्रिक अधिकार तथा जेन्जी आन्दोलनसँग सम्बन्धित विषयहरूबारे ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराएका थिए।

भोलि हुने धर्ना कार्यक्रममा  ब्यानर, पप्लेट, पर्चा सहित शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत ढंगबाट सञ्चालन गरिनेछ भने कार्यक्रममा नागरिक समाज, सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा सर्वसाधारण नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज