Top Header Ad 1

कार अनियन्त्रित भई दुर्घटना हुँदा रेशम बहादुर थापाको दुखद निधन

कार अनियन्त्रित भई दुर्घटना हुँदा रेशम बहादुर थापाको दुखद निधन

परिबर्तन न्युज
२८ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
२८ जेष्ठ २०८३

जेठ २८ ,पोखरा

बेगनास भोर्लेटार सडक खण्डमा चलाइरहेको गाडी अचानक दुर्घटना हुँदा बैंकर रेशमबहादुर थापाको आजै बिहीबार साँझ सवारी दुर्घटना मा परी दुःखद निधन भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

पोखरा महानगरपालिका ३१ स्थित बेगनास भोर्लेटार सडक खण्डको पचभैयामा उनले चलाएको कार अनियन्त्रित भई दुर्घटना हुँदा थापाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

रेशमबहादुर थापा आफैंले चलाएको बा १३ च ४२०९ नम्बरको कार अचानक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको कास्की प्रहरीका प्रवक्ता समेत रहेका डिएसपी वीरेन्द्रकुमार पासवन ले जानकारी दिनुभयो ।

स्थानीयहरूले थाहा पाएपछि थापालाई तत्काल उद्दार गरी उपचार का लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल मोहरियामा पुर्‍याएपछि चिकित्सकले तत्कालै उहाँलाई मृत घोषणा गरेका थिए ।

उहाँ फेवा फाइनान्सका तत्कालिन कार्यकारी अधिकृतका हुनुहुन्थ्यो भने केही वर्ष अघि उहाकै छोराको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो । पोखरा ३१ को स्थायी बासिन्दा पछिल्लो पटकको समय पोखरा गैह्रापाटनमा बस्दै आउनुभएको स्थानीयहरू ले जानकारी दिनुभयो। ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज