Top Header Ad 1

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी अध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकीको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी अध्यक्ष

परिबर्तन न्युज
३१ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
३१ जेष्ठ २०८३

जेठ ३१, पोखरा

गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम अधिवेशनबाट नवीन त्रिपाठीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।

Advertisement:Ad
Advertisement:Ad

अध्यक्ष पदका तीनजना उम्मेदवारलाई पछि पार्दै नवीन त्रिपाठी विजयी भएको हो । अध्यक्ष पदका लागि नवलपुरका राजन गौतम, माधवप्रसाद कँडेल र हरिबहादुर कार्कीलाइ हराउदै ५० प्रतिशत भन्दा बढी मत ल्याएर त्रिपाठी विजयी हुनु भएको हो ।

निर्वाचनबाट सदस्यहरु मध्यबाट पदाधिकारीमा उपसभापति बागलुङकी मिना शर्मा आचार्य, महामन्त्रीमा कास्कीका कृष्णप्रसाल लम्साल, सहमहामन्त्रीमा तनहुँका शंकर पन्त र नवलपुरकी सिताकुमारी अर्याल निर्विरोध निर्वाचित हुनुभएको हो।पदाधिकारी मा एउटा पदमा एक जनाको मात्र नाम परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित घोषणा गरेको थियो ।

रास्वपाको विधान अनुसार पहिलो चरणमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी मनोनय दर्ता गर्ने प्रावधान छ । सोही अनुसार शनिबार पहिलो चरणको निर्वाचनबाट निर्वाचित ३३ सदस्यबाट पदाधिकारी निर्विरोध भएका हुन् । यदि एउटा पदमा २ वा २ भन्दा बढि उम्मेदवारी परेमा पुनः दोस्रो चरणको निर्वाचन गर्नुपर्थ्यो ।

दोस्रो चरणको निर्वाचनमा पनि सबै (गण्डकीका प्रतिनिधि ७ सय ८०) प्रतिनिधिले मतदान गर्नुपर्थ्यो । निर्वाचन नगरी गण्डकीको पदाधिकारीमा सर्वसम्मत गरिएको एक नेताले बताए । कार्यसमिति ले पछि ४ जना सदस्य मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज