Top Header Ad 1

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने

परिबर्तन न्युज
१२ भाद्र २०८३ बजे
परिबर्तन न्युज
१२ भाद्र २०८३

भाद्र १२, काठमाडौं

प्रधानमन्त्री बालेन्द्र शाहले भोलि नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटमा नेपाल–भारत तथा नेपाल – चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, विकास साझेदारी तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Advertisement:Ad

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेयता विदेशी कूटनीतिक प्रतिनिधिसँग एक्लाएक्लै भेटघाटलाई प्राथमिकता नदिएको अवस्थामा हुन लागेको यो भेटलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

यसअघि उहाँले विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटघाट गर्ने अभ्यासलाई प्राथमिकता दिदी आउनुभएकोमाा परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूतसँगको भेटपछि चिनियाँ राजदूत सँग वार्ता गर्नु हुनेछ। भेटका क्रममा दुई छिमेकी मुलुकसँगको सम्बन्ध थप सुदृढ बनाउने, विकास सहकार्यका विषय तथा आपसी चासोका मुद्दाहरूमा विचार आदानप्रदान हुने जनाइएको छ।

प्रधानमन्त्री शाहले भोलिपल्ट अमेरिकी दूतावासका कार्यवाहक प्रमुख (चार्ज द’अफेयर्स) सँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।कूटनीतिक वृत्तमा प्रधानमन्त्री शाहको यो पहललाई नेपालका प्रमुख विकास साझेदार तथा छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज