Top Header Ad 1

“झुप्राङकोटदेखि सराङकोटसम्म उत्साह : ५० किलोमिटर ट्रेल रनले पोखरालाई नयाँ पहिचान दिने”

“झुप्राङकोटदेखि सराङकोटसम्म उत्साह : ५० किलोमिटर ट्रेल रनले पोखरालाई नयाँ पहिचान दिने”

परिबर्तन न्युज
१३ आश्विन २०८३ बजे
परिबर्तन न्युज
१३ आश्विन २०८३

असोज १३, पोखरा

पर्यटकीय राजधानी पोखराबाट साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी घटस्थापनाको दिन पोखरा पाँचकोट ५० किलोमिटर अल्ट्रा ट्रेल रेस–२०८३ आयोजना हुने भएको छ।

श्री पश्चिम पृतना हेड्क्वाटर बिजयपुर र नेपाल भुतपुर्ब खेलाडि मन्च पोखराको सम्युक्त आयोजनामा हुन लागेको हो।

Advertisement:Ad

यहि आस्विन २५ गते घटस्थापनाका दिन पोखराको कास्किकोट हुदै सराङकोट , विन्ध्वासिनी ,जौबारि ,लामाचौर ,घार्मि ,ढिकिडाडा ,झुपाङकोट, अर्मलाकोट, भलामबिसौना, काहुकोट  हुदै फुलबारी क्याम्प सम्मको पर्बतिय दौड हुने आयोजकले जानकारी दिएको छ। जसको तयारीको लागि (50k trail run)को तयारि अर्थात trail निरिक्षणका लागि पश्चिम प्रेतना पति हेडक्वाटर फूलबारीका प्रेतनापति, खैरेनि ब्यारेकका बाहिनिपति सन्तोष कार्कीको टिम र सफल म्याराथुनका पुर्ब अध्यक्ष तेज गुरुङ सहित आज पोखरा १६ को एतिहासिक पर्यटकीय क्षेत्र झुप्राङ्कोट (मुलकोट)पबित्र भुमिमा मार्ग तयारी को लागि जुटिरहेको छ ।

आयोजकका अनुसार ५० किलोमिटर दौड कास्कीकोट, सराङकोट, विश्वशान्ति मन्दिर, पुम्दीकोट, धम्पुस, अष्टाम, भदौरे, पाँचासे लगायतका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हुँदै पुनः कास्कीकोटमा आएर सम्पन्न हुनेछ। त्यस्तै १५ किलोमिटर दौड कास्कीकोटबाट सुरु भई विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य हुँदै पोखरा–१७ को फुलबारी क्षेत्रमा पुगेर समाप्त हुनेछ।

प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहको सहभागिता रहनेछ। ५० किलोमिटर विधाका विजेताले नगद १ लाख ५० हजार रुपैयाँसम्म तथा १५ किलोमिटर विधाका विजेताले नगद ५० हजार रुपैयाँसम्म पुरस्कार प्राप्त गर्नेछन्। विभिन्न स्थान हासिल गर्ने धावकहरूलाई नगदसहित मेडल, प्रमाणपत्र र सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

दौड अवधिभर मेडिकल तथा सुरक्षा टोली परिचालन गरिने, वातावरणमैत्री अभ्यास अपनाइने तथा निर्धारित ‘कट अफ टाइम’ भित्र दौड पूरा गर्नुपर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

साहसिक खेल, स्वास्थ्य, पर्यटन र प्रकृतिप्रेमीहरूका लागि विशेष आकर्षणको रूपमा हेरिएको पोखरा पाँचकोट ५० किलोमिटर अल्ट्रा ट्रेल रेस–२०८३ ले पोखरालाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज