कात्तिक १८, काठमाडौं
सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व अब मनोज केसीले सम्हाल्ने भएका छन्। केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।
कार्कीलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि उहालाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट मुक्त गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत सुरक्षा सल्लाहकार का रूपमा राख्ने निर्णय गरिएको बताइएको छ।
स्रोतका अनुसार सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीको जिम्मेवारी परिवर्तन लाई कारबाही नभई जिम्मेवारीको फेरबदलका रूपमा व्याख्या गरेका छन्। उहाका अनुसार कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको हो भने मनोज केसीको प्रहरी महानिरीक्षकमा बढुवा तथा नियुक्ति आजैदेखि लागू हुने गरी निर्णय गरिएको छ ।
सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ। नयाँ प्रहरी महानिरीक्षक के सी सामु प्रहरी संगठनको प्रशासनिक व्यवस्थापन, शान्तिसुरक्षा, अपराध अनुसन्धान तथा संगठनप्रतिको जनविश्वास अभिवृद्धि गर्ने जिम्मेवारी रहनेछ।







प्रतिक्रिया