पोखरा १६ घोर कुनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण द्वारा बनाइएको नवनिर्मित भवन उद्घघाटन

पोखरा १६ घोर कुनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण द्वारा बनाइएको नवनिर्मित भवन उद्घघाटन

परिबर्तन न्युज
२० फाल्गुन २०७८ बजे
परिबर्तन न्युज
२० फाल्गुन २०७८

फागुन २०,पोखरा

पोखरा महानगर पालिका वडा नं १६ घोर कुनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण द्वारा बनाइएको चार कोठे जनता आधारभुत बिधालय र सौचालय को नवनिर्मित भवनको उद्घघाटन गण्डकी प्रदेश सभासद  कृष्ण बहादुर थापा ले गर्नुभएको हो ।

Advertisement:Ad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया आर्यको अध्यक्षतामा भएको सो उद्घघाटन कार्यक्रमको प्रमुख अतिथि कृष्णबहादुर थापा हुनु हुन्थ्यो भने विशिष्ट अतिथि हरुमा जिल्ला शिक्षा समन्वय इकाई कास्की का प्रमुख नारायण सुवेदी , पोखरामा नगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र पोखरामा नगरपालिका वाड नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्य रहनुभएको सो कार्यक्रम सञ्चालन जनता आधारभूत विद्यालय का शिक्षक प्रर्मिला पोखरेलले गर्नुभएको थियो ।

नवनिर्मित भवनको उद्घाटन कार्यक्रम को सुरुवाती राष्ट्रिय गीत गाएर सरु गरिएको थियो भने सो विधालय निर्माण गर्ने देखि विद्यालय स्थापना गर्नुपर्छ भनेर जग्गा दिनुहुने जग्गादाताको तस्बिर लाइ पुष्पगुच्छा र अबिर ले माल्यार्पण गरी सुरु गरिएको थियो ।

शुभकामना एवम स्वागत मन्तब्य दिनेहरुमा क्रमस अम्बिका आचार्य,गिता कुवर लगायत ले शुभकामना दिनुभएको सो कार्यक्रममा प्रमुख अतिथि कृष्ण बहादुर थापा ले शुभकामना मन्तव्य दिनुभएको थियो भने शिक्षा समन्वय इकाई प्रमुख नारायण सुबेदीले शुभकामना दिनुभएको थियो शिक्षकहरूको माग अनुसार विद्यार्थी भए  शिक्षकहरुको उपलब्ध गराउन सकिने सकिने विद्यार्थीहरु बढउन प्रयास गर्नुपर्ने बताउनुभयो  एकजना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्नेमा यहाँ देखिएको छैन भन्नुभयो ।

-प्रकाश अधिकारी      https://m.facebook.com/story.php?story_fbid=5736178923105204&id=100001394603188

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज