Top Header Ad 1

काङ्ग्रेस बाहेकको सरकार गठनको नयाँ गठबन्धन

काङ्ग्रेस बाहेकको सरकार गठनको नयाँ गठबन्धन

परिबर्तन न्युज
१० पुष २०७९ बजे
परिबर्तन न्युज
१० पुष २०७९

पौष १०, काठमाडौं

सरकार गठनका लागि भइरहेका मिनेट मिनेटमा बसेका बैठक को प्रयासहरु अहिलेसम्म सफल हुन सकेका छैनन् ।कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु लगातार छलफलमा जुटे पनि सहमतिको खाका तयार नहुने छाटकाट देखिए पछि प्रचण्ड  बालकोट पुग्नुभएको थियो ।

Advertisement:Ad

माओवादी केन्द्रले आफ्नो नेतृत्त्व अडानबाट टसकोमस नभएको र  कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पाउनुपर्ने अडान राखे पछि एकाएक एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा गएर बसेको गठबन्धन भन्दा अर्को गठबन्धन को  बैठकले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको समाचार बाहिरीएको छ ।

माओवादी  का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसद को समर्थन जुटेको बताइएको छ । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको के पि ओलीको सचिवालयले जनाएको छ। सहमति अनुसार एमालेले राष्ट्रपति र सभामुख पाउनेछ भने यसैगरी प्रदेश मा पनि जाने सम्म को सहमति गरेर अगाडि बड्ने बताइएको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज