जिल्ला समन्वय समिति महासंघ गण्डकीको सपथ ग्रहण कार्यक्रम सम्पन्न 

जिल्ला समन्वय समिति महासंघ गण्डकीको सपथ ग्रहण कार्यक्रम सम्पन्न 

परिबर्तन न्युज
५ चैत्र २०७९ बजे
परिबर्तन न्युज
५ चैत्र २०७९

पोखरा , चैत ५

जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्बाचित गण्डकीको सपथ ग्रहण कार्यक्रम आज आइतबार गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलले निर्बाचित पदाधिकारी र सदस्यहरूलाइ सपथ गराउनुभएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रममा अध्यक्ष पौडेलले गण्डकी प्रदेशका जिल्ला समन्वय समितिहरू सक्रियताका साथ संविधानले तोकेको अधिकार प्रयोग गर्दै गुणस्तरीय परिणाम निस्कने गरि काममा उत्रन आग्रह गर्नुभएको थियो।

बिकासका काममा हुन सक्ने लापरबाही र ढिलासुस्ती बिकाराल देखिएको भन्दै सबै तहका सरकारहरूको समन्वयमा खडा भएको जिल्ला समन्वय समिती विशेष चनाखो हुनुपर्ने  बतााउनुभएको थियो । कार्यक्रममा जि स स महासंघका केन्द्रिय सदस्य बाबुराम बि. क. ,कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Advertisement:Ad
Advertisement:Ad

कार्यक्रम गण्डकी प्रदेशको अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम बहादुर जि .सि. र कार्यक्रम संचालन सचिब सरस्वती बगालेले गर्नुभएको थियो।

सपथ ग्रहण लगत्तै समितिको पहिलो बैठक समेत बसेको थियो । बैठकले जि .स .स. महासंघको चौथो राष्ट्रिय परिषद बैठक गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने केन्द्रिय समिती लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार प्रकट गरेको छ।

बैठकले जिल्ला समन्वय समितिका पदाधिकारी तथा सदस्यहरूको क्षमता तथा दक्षता वृद्धि गर्न गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्यमा फागुन ७ गते विशेष प्रशिक्षण कार्यक्रम संचालन गर्ने , जिल्ला समन्वय समितीहरूलाइ कार्य सम्पादनका लागिप्रदेश सरकारले निर्माण गर्नुपर्ने कानुनहरूको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उप -सचिब खड्गराज सुबेदिले जानकारी दिनुभयो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज