फिर्केखाेलाकाे मापदण्ड अतिक्रमण गरी लगाएकाे वाल महानगरले भत्कायो

फिर्केखाेलाकाे मापदण्ड अतिक्रमण गरी लगाएकाे वाल महानगरले भत्कायो

परिबर्तन न्युज
२ असार २०८० बजे
परिबर्तन न्युज
२ असार २०८०

असार १,पाेखरा

आज पाेखरा बागलुङ बसपार्क पछाडी रहेको सगरमाथा बाेडिङ्ग स्कुलका सञ्चालकले फिर्केखाेलाकाे मापदण्ड मिचि अतिक्रमण गरी लगाएकाे वाल तथा  ढुंगाले भरेको तारजाली को पर्खाल नगर प्रहरीले भाडाको डाेजर लगाएर भत्काएकाे छ ।

Advertisement:Ad
Advertisement:Ad

वडा न. १८ र ४ काे सिमानामा पर्ने फिर्केखाेला बिचैमा यो जग्गा प्राइभेट हो भनेर लेखिएको बोर्ड र तारजाली मा भरिएको ढुङ्गा  भत्काएको महानगरिय प्रहरी ले यस्लाई सिम्बोलिक को रुपमा लिन  सुझाउनु भएको थियो । अझै अटेर गरि फेरि कामगर्न थालेमा यस्को मुल्य नै महङ्गो हुने महानगरीय प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापा ले बताउनुभएको थियो।

बिषेश गरि आज डोजर लगाइएको भनिएको जग्गा समाजसेवी अशाेक पालिखे र पाेखरा वडा नम्वर ४ काे सिमानामा सगरमाथा बाेडिङ्ग स्कुलका सञ्चालक धनबहादुर थापाको पर्छ। दुबै ब्यक्तित्व हरुले फिर्केखाेलाकाे मापदण्ड मिचेर पर्खाल लगाएको भएर नै महानगरले सिम्बोलिक रुपमा भत्काएको महानगरिय प्रहरी कार्यालय का प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले बताउनु भएको थियो ।

Advertisement:Ad
Advertisement:Ad

भिडियो ‌✓✓

https://fb.watch/lcIn7UzgpX/?mibextid=Nif5oz

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज