भूकम्पको राहत उद्धारमा पोखरा महानगर पालिकाको टोली जाजरकोट प्रस्थान

भूकम्पको राहत उद्धारमा पोखरा महानगर पालिकाको टोली जाजरकोट प्रस्थान

परिबर्तन न्युज
१८ कार्तिक २०८० बजे
परिबर्तन न्युज
१८ कार्तिक २०८०

कार्तिक १८, पोखरा

जाजरकोटर रुकुमपश्चिममा भूकम्पको राहत उद्धारमा पोखरा महानगरपालिकाको एक टोली प्रस्थान गरेको छ ।

Advertisement:Ad

घटनामा राहत तथा उद्धारमा विशेष सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाको टिम वडा अध्यक्षद्वय साहारा प्रधान र राममोहन आचार्यको नेतृत्वमा स्वास्थ्यकर्मी, नगर प्रहरी सहितको टिम राहत तथा उद्धारका सामाग्री सहित प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

२ वटा सानो गाडी र १ ट्रक सहित १७ जनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

टोली आवश्यकता अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिने छ । टोलीले राहत सामाग्रीका रूपमा लत्ताकपडा, त्रिपाल, ब्याङ्केट र औषधी एवं उपचारका आवश्यक सामाग्री लिएर गएको छ ।

पहिलो चरणमा महानगरका नगरप्रमुख, उपप्रमुख लगायत अध्यक्ष तथा कार्यपालिका सदस्य हरूको १ महिनाको पारिश्रमिकबाट सोघभर्ना हुने गरी रु।१३ लाख १५ हजार बराबरको राहत सहयोग पठाइएको थप सामाग्री र सहयोग महानगरपालिकाको बिपद कोष बाट खर्च बेहोरिने समेत नगरप्रमुखले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज