Worldlink Communications

पोखरामा लागुऔषध सहित २ जना पक्राउ

मंसिर ३० पोखरा

पोखरामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहररी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा ४ रामकृष्णटोलबाट लागुऔषधको ठूलो मात्रा सहित मंसिर ३० गते हिजो मंगलबार २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा पोखरा ४ रामकृष्णटोलका ३३ वर्षीय कुमार श्रेष्ठ तथा भक्तपुर स्थायी घर भइ हाल पोखरा ४ रामकृष्णटोलमा बस्दै आएका लक्ष्मीकृष्ण भासिमा रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले डाइजापाम १ सय १३ एम्पुल, फेनेरागन १ सय १३ एम्पुल, नुर्फिन १ सय १३ एम्पुल तथा २ थान मोबाइल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: