कार्तिक ६, पोखरा
पोखरा । चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। बिहीबार, अक्टोबर २२, २०२६ मा गएको उक्त भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा समेत महसुस गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ३ मिनेट ४२ सेकेन्डमा गएको हो। भूकम्पको केन्द्रबिन्दु तिब्बत क्षेत्रमा रहेको र यसको गहिराइ जमिनको सतहबाट करिब १५ किलोमिटर रहेको जनाइएको छ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार भूकम्पका कारण तिब्बतको नाग्छु क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ। भूकम्पले ३३९ वटा घर र २० वटा पशु राख्ने गोठमा क्षति पुर्याएको जनाइएको छ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ। प्रभावित नागरिकको उद्धार र व्यवस्थापनका लागि स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ भने अस्थायी आवास, पाल, ओछ्यान तथा न्यानो कपडालगायतका राहत सामग्री पठाइएको छ।
भूकम्पपछि तिब्बत क्षेत्रमा परकम्पसमेत गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको विवरणले देखाएको छ। घटनाको थप क्षति तथा प्रभावबारे विवरण अद्यावधिक हुने क्रम जारी छ।







प्रतिक्रिया