Worldlink Communications

पोखराको राष्ट्रिय माविमा घटेको घटनामा राजनीतिकरण गन्ध

पोखरा । पोखरा महानगरपालिकाको मुटु मा रहेको राष्ट्रिय माविमा निर्दोष

शिक्षकलाई फसाइएको भन्दै विद्यालयका केही विद्यार्थीहरुले विरोधको आवाज निकालेका छन् । आजबाट विद्यालय कलेज प्रशासनमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । केही दिन अगाडि विद्यालयकी १ जना छात्रालाई परीक्षाको मूल्य मान्यता विपरीत होटलमा लगेर परीक्षा लिइएको बन्ने बिसयाले राम्रो बजार पायको  थियो ।सोही घटनालाई लिएर निर्दोष रहेका विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद तिवारीलाई घटनामा संलग्न भन्दै हिरासतमा लिइएकोमा विद्यार्थीहरुले आज प्रेस विज्ञप्ति नै  जारी गरेर विरोध जनाएका हुन् ।

राजनीतिक रुपमा घटनालाई गति दिएर प्रधानाध्यापक तिवारीलाई फसाइएको आरोप बिधार्थी को  रहेको छ । ‘घटनामा आरोपति दोषीहरुलाई कानुन अनुसार कडाभन्दा कडा कारवाही गर्नुपर्छ । जारी विज्ञप्तिमा भनिएको छ ; उक्त घटनाले राजनीतिक गति लिई निर्दोष प्रधानाध्यापक सूर्यप्रसाद तिवारीलाई  घटनामा संलग्न बनाई हिरासतमा राखिएको  षड्यन्त्रकारी ढंगबाट निर्दोष शिक्षकलाई फसाएकोमा विद्यालयका विद्यार्थीहरुले खुलेर बिरोध  प्रदर्शनमा उत्रेर विद्यालय प्रशासनलाई चेतावनी दिएक हुन्  ।विद्यार्थीहरुले घटनामा आरापित दोषीलाई कारवाही गरेर निष्पक्ष अनुसन्धानमार्फत् प्रधानाध्यापक तिवारीलाई तत्काल रिहाई गर्न माग गरेका छन् ।

त्यस्तै क्याम्पस प्रशासन, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा आन्दोलित विद्यार्थीबीच छलफल गरेर ठोस् निर्णय गर्न माग गरिएको छ । साथै हालको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई बर्खास्त गरेर नयाँ समिति गठन गर्न समेत माग गरेका छन् । कडा रुपमा प्रस्तुत भयका विधार्थी गैरजिम्मेवार विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई बर्खास्त गरि नयाँ समिति गठन गर्नु पर्छ भनेका छन भने विद्यालय शैक्षिक सरोकार समितिका संयोजक चक्रपाणि सुवेदीले व्यक्तिगत स्वार्थका लागि घटनालाई राजनीति करण गरिएको दाबी गरेका छन् ।

विद्यालयमा शैक्षिक योग्यता नपुगेको व्यक्ति पनि जिम्मेवार पदमा राख्नका लागि पनि घटनालाई अतिरञ्जित बनाइएको उनको भनाई छ । सो घटनाले विद्यालयमा शिक्षक २ पक्षमा विभाजन भएकाले गर्दापनि अझै यस्स्तो भयको हो भानियाको छ । जसकारण कुनै  शिक्षक कक्षामा जाने कुनै नजाने र  विद्यार्थी समेत नगएको सुवेदीले जनाए । विद्यार्थीको भविष्यमा आँच नआउनेगरि बिधालय यकजुट भयर  अघि बढ्नु पर्छ भने आवश्यक परे तत्कालको व्यवस्थापन समिति फेरबदल गरेपनि हुन्छ भन्नु भयको थियो।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: