Top Header Ad 1

सिड्नीबाट चीन जाने सिचुवान एयरलाइन्सको उडान रद्द, सयौँ यात्रु अलपत्र; यात्रुप्रति एयरलाइन्सको बेवास्ता

सिड्नीबाट चीन जाने सिचुवान एयरलाइन्सको उडान रद्द, सयौँ यात्रु अलपत्र; यात्रुप्रति एयरलाइन्सको बेवास्ता

परिबर्तन न्युज
३ मंसिर २०८३ बजे
परिबर्तन न्युज
३ मंसिर २०८३

मंसिर २, सिडनी

सिड्नीबाट चीन जाने सिचुवान एयरलाइन्सको उडान रद्द, सयौँ यात्रु अलपत्र; यात्रुप्रति एयरलाइन्सको बेवास्ता

सिड्नीबाट चीनका लागि आज राति ९:२५ बजे निर्धारित सिचुवान एयरलाइन्सको उडान अचानक रद्द भएपछि विभिन्न सहरबाट आएका यात्रुहरू अलपत्र परेका छन्।

Advertisement:Ad

सिड्नीलगायत अस्ट्रेलियाका विभिन्न सहर तथा क्यानबेरा र न्युक्यासल बाट समेत विमानस्थल पुगेका यात्रुहरू उडान रद्द भए पछि अन्योलमा परेका हुन्।

यात्रुहरूका अनुसार उडान रद्द गरिएको विषयमा एयरलाइन्सले कुनै स्पष्ट कारण दिएको छैन। त्यति मात्र होइन, अलपत्र परेका यात्रुलाई आवश्यक जानकारी, सहयोग र उचित जवाफ दिनसमेत एयरलाइन्सका प्रतिनिधिहरूले चासो नदेखाएको यात्रुहरूको गुनासो छ।

अझ दुःखद पक्ष त के छ भने, भोलि पनि आजकै समयमा उडान हुने जानकारी यात्रुहरूले आफैँ खोजी गर्नुपरेको उनीहरूको भनाइ छ। उडान रद्द हुँदा यात्रुको बसोबास, खानपान, आवतजावत र अन्य व्यवस्थापनमा परेको समस्याप्रति एयरलाइन्सले जिम्मेवारी नलिए को भन्दै यात्रुहरूले आक्रोश व्यक्त गरेका छन्।

यात्रुहरूलाई परेको समस्याबारे जानकारी लिन तथा एयरलाइन्सको गैरजिम्मेवार व्यवहारप्रति आवाज उठाउन खोज्दा सिचुवान एयरलाइन्स को काउन्टरमा समेत सम्बन्धित जिम्मेवार व्यक्ति उपलब्ध नभएको यात्रुहरूको गुनासो छ।

हवाई सेवा सञ्चालन गर्ने एयरलाइन्सको जिम्मेवारी यात्रुलाई टिकट बेचेर विमान उडाउने मात्र होइन, उडान रद्द वा ढिलाइ हुँदा यात्रुलाई समयमै सूचना दिने, उचित सहयोग गर्ने र वैकल्पिक व्यवस्थाबारे स्पष्ट जानकारी गराउने पनि हो।

आखिर यात्रुको समय, पैसा र समस्याको जिम्मेवारी कसले लिने?
सिचुवान एयरलाइन्सले यात्रुहरूलाई परेको असुविधाप्रति तत्काल जवाफ दिन, उडान रद्द हुनुको वास्तविक कारण सार्वजनिक गर्न र अलपत्र परेका यात्रुका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौँ।

स्मरणीय रहोस् सो एयरलाइन्समा अधिकांस यात्रुका नेपालीहरु थिए। सबै नेपालीहरुले एकैस्वरमा आफुहरु समस्यामा परेको र सिचुवानले बेवास्ता गरेको हुनाले यात्रु को बेवास्ता गर्ने एयरलाइन्स को गैरजिम्मेवार व्यवहारप्रति सम्बन्धित निकायको गम्भीर ध्यान जाओस् भने का थिए।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै