प्रचण्ड–माधव पक्षको आमहड्ताल :बन्द गराउँदै हिँडने ७१ नेता कार्यकर्ता पक्राउ

प्रचण्ड–माधव पक्षको आमहड्ताल :बन्द गराउँदै हिँडने ७१ नेता कार्यकर्ता पक्राउ

परिबर्तन न्युज
२२ माघ २०७७ बजे
परिबर्तन न्युज
२२ माघ २०७७

२२ माघ ,काठमाडौं

काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । कलंकीबाट प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता हितमान शाक्य र अष्टलक्ष्मी शाक्य सहित ८ जनालाई पक्राउ गरेको छ ।

Advertisement:Ad
Advertisement:Ad

उहाँहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले जानकारी दिनुभयो ।

Advertisement:Ad
Advertisement:Ad

नेकपा का कार्यकर्ताहरु विहानैदेखी सडकमा निस्केर नारावाजी तथा बन्द सफल बनाउन आग्रह गरिरहेकाले काठमाडौं तनावग्रस्त बनेको छ।

-प्रकाश अधिकारी

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज