Worldlink Communications

नेपाल लोकतान्त्रिक खेलकुद संघको संयोजक घोषणा पोखरामा

माघ २२,पोखरा

लोकतान्त्रिक खेलकुद संघ नेपालले प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा गरेको छ । बुधबार संघको केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजक पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले समर्थनमा घोषणा गर्नु भएको हो ।

संघका केन्द्रीय अध्यक्ष्य देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नाममा बस्नेतले समर्थन जनाउनु भएको हो । संघको केन्द्रीय कार्य समितिको उपाध्यक्षमा विजेन्द्र हमाल (नेपालगञ्ज), महासचिव सुवोध प्रधान (चितवन), सचिव वीरबहादुर खड्का (सिन्धुपाल्चोक), बखतबहादुर शाही (हुम्ला), मनिष जोशी (काठमाडौं) र कोषाध्यक्ष दशरथ रिमाललाई मनोनित गरिएको हो ।

सदस्यहरुमा दानबहादुर पाल (डडेलधुरा), सूर्यबहादुर खड्का (सिन्धुपाल्चोक), हरिबहादुर विष्ट (सुर्खेत), तिलकराम पौडेल (स्याङ्जा), जगत तामाङ (बर्दिया), बीरबहादुर खड्का (सिन्धुपाल्चोक), रविमहर्जन (ललितपुर), पञ्चबहादुर तामाङ ‘विजय’ (काठमाडौं), बच्चन कार्की, पंकज पाण्डे (बारा), जयगोपाल श्रेष्ठ (नवलपरासी), छिरिङ फन्जु लोप्न (रसुवा), अमर पुन (रुपन्देही), मिनबहादुर घले (नवलपुर), राजीव बस्नेत (काठमाडौं), मनराम शाही (कालिकोट), राजेश गुरुङ (कास्की), देव कोइराला (सिन्धुपाल्चोक), विश्व गुरुङ (स्याङ्जा), श्याम विष्ट (कैलाली), राजेशमान श्रेष्ठ (सुनसरी), शेरजंग गुरुङ (तनहुँ), थमन गुरुङ (संखुवासभा), नेपाल कार्की (रौतहट), सरोज सिं (बझाङ), धरम लामिछाने (कास्की) र डम्बर लिम्बु (ताप्लेजुङ) लाई मनोनित गरेको छ ।

संघले बुधबार ७ प्रदेशका संयोजक पनि घोषणा गरको छ । प्रदेश १ बसन्तराज अर्याल, प्रदेशमा २ मा बैजनाथ यादव, बाग्मतीमा दिपक गुरुङ, गण्डकीमा हरिश्वर पोखरेल, लुम्बिनीमा नरेन्द्र थापा, कर्णालीमा हरिबहादुर विष्ट र सुदुपश्चिममा श्याम विष्टलाई मनोनित गरिएको छ । खेलकुद संघका विभाग प्रमुख तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निस्क्रिय रहेको नेपाल लोकतान्त्रिक खेलकुद संघ अब जाग्ने बताय निस्क्रिय रहेको संघ अब जाग्छ भन्नुभयो ।

कांग्रेस कास्कीका सभापति कृष्ण के.सी, कांग्रेसका नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, खेलकुद विभाग महासचिव मिमकिशोर महर्जन, गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, क्षेत्रीय सभापति मधु बास्तोला र नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले बोल्नुभएको थियो भने सांसद शारदा पौडेलले धन्यवाद मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव सुवोध प्रधानले गर्नुभएको थियो।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: