Worldlink Communications

‘हेपाटाइटिस बी’जानकारी

भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्छ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी ३ वटा स्थानीय तहमा स्वास्थ्य सेवा, टेलिफोन सेवादेखि खाद्यान्नको पीडा यहाँ बस्ती भएदेखि यहाँका मानिसले भोग्दै आएका छन् । उपल्लो डोल्पाले सबै परिवर्तनहरु टुलुटुलु हेर्दै बसेको छ ।

तर आफ्नो ठाउँको प्रगति र विकासका विषयमा भने मौन छ । यहाँका बहुमूल्य जडीबुटीदेखि प्राचीनकालमा निर्मित गुम्बामा रहेका मूर्ति चोरको निशानामा पर्दै आएका छन् । उपल्लो डोल्पामा पाइने जडीबुटीले संसारका मानिसलाई ज्यान बचाउन काम लाग्छ । तर यहाँकै मानिसलाई भने सो औषधि आफ्नै गाउँठाउँमा नपाउँदा अकालमै ज्यान जाने गरेको छ ।

गर्भवती जाँचदेखि सुत्केरी हुँदासम्म समस्या पर्ने बित्तिकै लाखौं रकम खर्च गरेर हेलिकोप्टरमार्फत चार्टर्ड गरेर देशका ठूला शहरमा गई धौधौ ज्यान बचाउनुपर्ने बाध्यता उपल्लो डोल्पाका सर्वसाधारणको सही नसक्नु पीडा छ । एउटा गाउँबाट अर्को गाउँमा जानका लागि २ दिन पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको पीडा गाउँलेहरु बताउँछन् ।

अघिल्लो वर्ष डोल्पोबुद्ध गाउँपालिकामा ‘एक–एक पाइला नेपाल’ ले गरेको बृहत् स्वास्थ्य शिविरमा परीक्षण गराउने ३ सय ४३ मध्ये ७० जनामा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिएको थियो  । यस्तै, १ जनामा एचआइभी र ३ जनामा हेपाटाइटिस सी भेटिएको डा मेलिना हमालले बताए । वीर अस्पतालका वरिष्ठ कलेजोरोग विशेषज्ञ डा सुधांशु केसीले शिविरमा जाँच गराएका ३० प्रतिशतमा ‘हेपाटाइटिस बी’ पोजिटिभ देखिनुले समस्या विकराल नै भएको जानकारी उतिबेला नै दिएका थिए । तिब्बतीयनसँगको हेलमेलका कारण यो रोग भित्रिएको बताउँदै बच्चा जन्मनेबित्तिकै लगाइने ‘हेपाटाइटिस बी’विरुद्धको खोप नलगाइनुले पनि प्रकोप बढ्दै गएको उनको भनाई थियो ।

‘हेपाटाइटिस बी’ संक्रमितलाई रोगका विषयमा कुनै पनि जानकारी नभएको पाइएकाले न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले जानकारी दिएका थिए  । उपल्लो डोल्पाको धो, साल्दाङ, भिजेर, छार्का, फोक्सुन्डोलगायत गाउँमा यो रोगका मानिस रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । सोमबार मात्र छार्का ताङसोङ गाउँपालिका–१ का ४५ वर्षीय कार्मा गुरुङ र टोक्कार गुरुङ गरी २ जनालाई हेपाटाइटिस बीकै कारण थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन् ।

हेलिकोप्टरबाट बिरामी लिँदा स्थानीयको ५ लाखभन्दा बढी खर्च भएको छ । चिकित्सकले उपल्लो डोल्पामा हेपाटाइटिस बीबारेमा जानकारी दिँदादिँदै सरोकारवाला निकाय मौन हुँदा यहाँका नागरिक थप समस्यामा पर्ने निश्चित भएको डा मेलिना हमालले बताइन् ।

अघिल्लो वर्ष बृहत स्वास्थ्य शिविरका लागि शे–फोक्सुण्डो गाउँपालिकाले बजेट विनियोजन गरे पनि सो शिविर गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले बताए । उनका अनुसार यो आर्थिक वर्षमा पनि २५ लाख शिविरका लागि छुट्याएको छ । अहिले हिमपात भएका कारण रोकिएको बताउँदै न्यौपानेले भने, ‘चैत महिनासम्म बृहत् शिविर राखेर उपचारका लागि काम थालिने छ, हेपाटाइटिसका विषयमा छलफल भइरहेको छ ।’ त्यस्तै हेपटाइटिस बीबाट जोगिनका लागि डोल्पोबुद्ध गाउँपालिकाले आफ्नै लगानीमा २ पटक खोप लगाउने काम भएको र अब तेस्रोपटक लगाउँदै गरेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीले जानकारी दिएका छन् । गाउँपालिकाले वैशाखमा बृहत् स्वास्थ्य शिविर राख्न पहल सुरु गरेको अधिकृत पंगेनीले बताए । स्थानीय तहले हेपाटाइटिस बीविरुद्ध केही पहल गरे पनि प्रदेश र संघीय सरकारको तर्फबाट पहल नभएको जनप्रतिनिधिले गुनासो गरेका छन् । ५ महिनाभन्दा लामो समयसम्म उपल्लो डोल्पाका बालबालिकाले कुनै खोपसमेत नपाउने गरेको जनप्रतिनिधिले नै बताएका छन् ।

छार्का ताङसोङ गाउँपालिकामा हेपाटाइटिस बीबाट जोगिनका लागि कुनै पनि बजेट व्यवस्थापन नगरेको र योजना पनि नभएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जानकारी दिएका छन् । उनका अनुसार हेपाटाइटिस बी रहेको जानकारी भए पनि खास रोकथामका लागि पहल केही नभएको अवस्था छ । ‘हेपाटाइटिस बी’ रोगको विषयमा सर्वसाधारणलाई मात्रै होइन, स्वयंसेविकालाई पनि जानकारी छैन । यो कस्तो रोग हो ? यो रोग लागे के हुन्छ ? कसरी लाग्छ ? कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थोरै मात्रै जानकारी भएको स्वयंसेविका यांकी गुरुङको भनाई छ । गाउँमा ‘हेपाटाइटिस बी’को अवस्था विकराल भएको जानकारी पाउँदापाउँदै पनि स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको उनले बताएकी छिन् ।

प्रत्येक वर्ष ‘हेपाटाइटिस बी’को संक्रमण बढ्दै जाँदा स्थानीय सरकारले कुनै पनि कार्यक्रम नगरेको सर्वसाधारणको भनाई छ । प्राणघातक रोगले गाउँ नै थला पर्ने अवस्थामा पुग्दासमेत न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम हुन नसकेको स्थानीयवासी बताउँछन् । बिरामी भएमा उपचारका लागि हेलिकोप्टर भाडामा लिएर अस्पतालसम्म पुग्नुपर्ने उपल्लो डोल्पाको बाध्यता छ । दिनप्रतिदिन ‘हेपाटाइटिस बी’ को संक्रमण बढ्दै जान थालेपछि उपल्लो डोल्पामा विभिन्न देशबाट आउने पर्यटकसमेत क्रसित हुन थालेका छन् । यो रोग फैलिएको जानकारी पाएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आउन थालेको पर्यटन व्यवसायीको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस्: