Worldlink Communications

गण्डकी प्रदेशस्तरीय ‘मुख्यमन्त्री कप’ भलिबलको तयारी

फागुन ३, पोखरा

कास्कि जिल्ला भलिबल संघको आयोजनामा यहि फागुन ४ देखी ८ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगिताको सबै तयारी सकिएको बिसय  आज  आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगिताको तयारी पूरा भएको र मनाङ बाहेक गण्डकीका १० जिल्लाबाट महिला तथा पुरुष दुबै टोलीले सहभागिता हुनेछन। राष्ट्रिय खेलकूदका लागि उत्कृष्ट खेलाडी छनोट हुनेगरी बन्द प्रशिक्षणमा कम्तिमा एक महिना राखी प्रदेशको उत्कृष्ट टोली तयार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको सङ्घले जनाएको छ ।

‘लिग कप नकआउट’का आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेता महिला र पुरुष दुबै टोलीलाइ दुइ दुई लाख सहित मेडल र प्रमाणपत्र उपविजेतालाइ रु एक एक लाख यसैगरी तृतीय टोलीले रु ५० हजार र प्रतियोगितामा उत्कृस्ट हुने महिला  तथा पुरुष खेलाडीलाई  नगद रु पाँच÷पाँच हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’ले जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने कुरा  प्रतियोगिता का  संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूदको नयाँ मिति देशको राजनीतिक परिस्थितिको आकलनपछि घोषणा गरिने बताउनुभएको छ ।आगामी वर्ष मङ्सिर वा फागुन महिनामा राष्ट्रिय खेलकूद आयोेजना गरिने जानकारी दिँदैै विसं २०७८ भित्रमा आयोजना गरिने उहाँले स्पष्ट पार्नुभयो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: