Worldlink Communications

पोखरा १९ लामाचौर मा फुटसल गेम प्रतियोगिताको जानकारी दिनको लागि पत्रकार भेटघाट कार्यक्रम

फागुन १०,पोखरा

पोखरा महानगर पालिका -१९ लामाचौर ले यल. सि.ब्रोदर को आयोजनामा मा यहि फागुन १४ गते शुक्रबार देखि खुल्ला फुटसल गेम को आयोजना गर्ने भएको छ।

विभिन्न आकर्षक पुरस्कार को ब्यब्स्था गरेको सो खेलकुद प्रतियोगिता मा १२देखि १५ टिम को सहभागिता हुने बताइएको छ । प्रवेश शुल्क प्रति टिम को १५०० लिने निर्णय गरेको बताउनुभयो।

पुरस्कारको ब्यवस्था बिभिन्न संघसंस्था र सहयोगी मन बाट आबहान गरिएको छ । प्रथम पुरस्कार २००००।- र  को दोस्रो पुरस्कार १००००।- तेस्रो ५०००।- राखिएको बताउनुभयो।

सोहि कार्यक्रम चलिरहेको  समयमा पोखरा  १९ का  युवा ब्याक्तित्व, समाज सेबि सबिन जि सि ले दोस्रो पुरस्कार बराबर को रकम १००००।-(दस हजार रुपैया ) हस्तान्तरण  कार्यक्रम स्थलमा नै सस्था का अध्यक्ष लाइ हस्तान्तरण गर्नुभएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: