Worldlink Communications

नेता सुवासचन्द्र नेम्वाङ भन्नू हुन्छ हामी जन्मदिन मनाउदै छौ

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भै नसकेको प्रतिक्रिया दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने अहिले हामी  प्रधानमन्त्रीको जन्मदिन मनाइरहेका छौ । हामिलाइ केही थाहा छैन। केहीबेरपछि कुरा गरौला । नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए ।  ओलीले आज ७० औं जन्म दिवस मनाउँदैहुनुहुन्छ  । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गर्नु भयको थियो । स्मरण रहोस सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: