Worldlink Communications

ओली र प्रचण्ड दुवै पक्षले बोलाए बैठक

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका  छन् भने प्रचण्ड पक्षलेपनि दिउसो ४ बजेका लागि स्थायी समिति बैठक बोलाएका  छन् । पर्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो भने प्रचण्ड पक्षको पटक पटक बसिसकेको छ । प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओली र प्रचण्डले आ  आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना र बाकि सबै  स्थायी समिति सदस्यहरु प्रचण्ड पक्ष का छन् ।

प्रतिक्रिया दिनुहोस्: