Worldlink Communications

सिरहा बम विस्फोटको जिम्मा गोइत समूहले लियो

धनुषा — सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहले लिएको छ । स्वतन्त्र देश हुनुपर्ने माग राख्दै सशस्त्र संघर्षरत गोइत समूहले तराई मधेसमा भ्रष्टाचार तथा अपराध बढ्दै गएको भन्दै विरोध स्वरुप विस्फोट गराएको जनाएको छ ।

मालपोत कार्यालयमा शंकास्पद विस्फोटक पदार्थ पड्किँदा ८ जना घाइते भएका छन् । आइतबार दिउँसो लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने कोठाको प्लाई छेउमा कुकर बमजस्तो देखिने शंकास्पद विस्फोटक पदार्थ विस्फोट भएको हो ।

विस्फोटमा परी सिरहा धनगढीमाई नगरपालिका–४ बस्ने ३० वर्षीय दिनेशकुमार भण्डारी, विष्णुपुर गाउँपालिका–३ बस्ने मालपोत कार्यालयका नायब सुब्बा ३८ वर्षीय शिव कुमार यादव, गोलबजार नगरपालिका–६ बस्ने ३५ वर्षीया लक्ष्मी राणा, सोही ठाउँ बस्ने ३५ वर्षीया बेचनी मगर, लहान नगरपालिका–१६ बस्ने ५२ वर्षीय लालबहादुर विक, गोलबजार नगरपालिका–४ बस्ने ३८ वर्षीया फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिका–३ बस्ने ५४ वर्षीय बद्रिनारायण यादव र धनगढीमाई नगरपालिका–१३ बस्ने ८२ वर्षीय भोलाबहादुर पाचे मगर घाइते भएका छन् उनीहरु को  लहानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: