Worldlink Communications

पोखरा चेम्बर अफ कमर्स कास्कीले गर्‍यो दोश्रो वार्षिक साधारण सभा

पोखरा ।चेम्बर अफ कमर्स कास्कीले दोश्रो वार्षिक साधारण सभा तथा योजना तर्जुमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले जब जब चाड्पर्ब आउछन अनि ढाका टोपी लागाको ब्यक्ति  देखे पछि डरायर काम्नु पर्ने धारणा राखे यो हट्नु पर्छ भन्नुभयो ।      सरकारले जनताको आयआम्दानी बडाउन तर्फ लाग्दा  क्रयशक्ति बढछ त्यसको लागि रोजगारी तथा राजश्व बढाउनको लागि केन्द्रीत भएर काम गर्नु पर्ने बताउनु भयो। अध्यक्ष श्रेष्ठले  देस संघीयतामा राजनीतिक तथा प्रशासनिक अधिकार विकेन्द्रीत गरेता पनि कर  एकद्धार प्रणालीबाट उठाउनु पर्ने बताउनुभयो ।उहाले जिल्ला तथा तलसम्म यक आपसमा आन्तरिक पर्यटन आदान प्रदान गरेर पर्यटन प्रवद्र्धनका काम गर्नु पर्ने बिचार राख्नु भयो ।                        गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले सयुक्त राष्ट्र संघले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गरेको जानकारी गराउनुु भयो । नेपालका उद्योगी व्यवसायीहरु अब गरिब देशको नभएको चर्चा गर्दै उहाले विदेशबाट आयातित तथा अरुका सामान बेच्न भन्दा आफै उत्पादनमा जोड दिन अनुरोध गरनु भयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी, कास्की जिल्लाका अध्यक्ष किसान सुनार, वरिष्ठ उपाध्यक्ष गिता गौतम तिवारी, महासचिव उमराज बास्तोला,अर्जुन परियार ले बोल्नु भयको थियो।

कमर्स का महासचिव उमराज बास्तोलाले प्रतिवेदन पडेर सुनाउनु भको थियो भने कोषाध्यक्ष कमलबहादुर बस्नेतले पेश गरेको आर्थिक तथा लेखा परीक्षणको प्रतिवेदन सुनाउनु भको थियो भने कमर्स का उपाध्यक्ष यमनाथ पौडेलले प्रस्तुत गरेको विधान केही बिबाद पछि छलफल बाट संशोधन गरि प्रस्ताव सभाले सुधार सहित पारित गरेको थियो । सभामा विभिन्न क्षेत्र मा  ख्यातीप्राप्त काम गर्ने हरुलाइ अवार्ड  तथा संस्थापक सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेक थियो ।कार्यक्रममा संस्थाका सल्लाहकार तेजबहादुर गुरुङ गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिवमा नियुक्त भएकोमा दोशल्ला ओढाएर सम्मान गरेको थियो भने  सचिवालय सदस्य रवीबहादुर विकलाई प्रेसिडेन्टल अवार्ड लगायत प्रेमबहादुर भुजेल, महिला चेम्बर अफ कमर्स लाइ पनि सम्मान प्रदान गरिएको  थियो आर्थिक सहयोग प्रदान गर्ने सचिव प्रेमप्रसाद सुवेदी र राजश्व परामर्श समितिका सदस्य इन्द्रप्रसाद भुवाई (राजु)लाई समेत सम्मान गरिएको छ । अ न्त मा नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक स्थायित्व र लगानीको लागि उचित वातावरण नभएसम्म उद्योग व्यवसायको प्रवद्र्धन हुन नसक्ने बताउनु

प्रतिक्रिया दिनुहोस्: