Worldlink Communications

सामुहिक रक्तदान कार्यक्रम मा १२७ युनिट ब्लड संकलन

चैत्र २७,पोखरा

चौसट्ठीऔ सहकारी दिवस को अवसरपारी कोअपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी कोप्सको स्थानीय  सहकारीसंस्थाहरु को आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गर्यो ।

बिरौटाचोक, सभागृह चोक, अमरसिंह चोक, पि एन क्याम्पस गेट र लामाचौर क्षेत्रमा एकै साथ खुल्ला रक्तदान कार्यक्रम को आयोजना पोखरा का पाँच ठाउँ मा  गरिएको रक्तदान कार्यक्रम मा १२७ युनिट रगत संकलन भएको कास्की जिल्ला अध्यक्ष धर्मराज अर्याल ले बताउनु भयो।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नारा का साथ नेपालमा सहकारी संस्था स्थापना भएको त्रिसट्ठीऔ बसन्त पार गरेको प्रेसिडेन्ट सोसाइटी कोप्सको संयोजनमा नेपाल रेडक्रम सोसाइटी रक्त संचार केन्द्र रामघाटमा रहेको नयाँ अत्याधुनिक प्रविधियूक्त मोवाईल ब्लड कलेक्सन गाडीबाट पोखराको पाँच वटै स्थानबाट एकै पटक मोवाईल ब्लड संकलन गरेको हो ।

लामाचौर मा  २१ युनिट रगत संकलन भएको थियो। लामाचौर मा गरिएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेल र १६ का अध्यक्ष जीवन प्रसाद आचार्य को उपस्थिति रहेको थियो।

सयोजक सबिन जिसी को अध्यक्षता मा बसेको थियो भने संचालन सहसंयोजक निलराज आत्रेय ले गर्नु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: