Worldlink Communications

जिल्ला समन्वय समिति कास्कीको अनलाइन जुम बैठक सम्पन्न

 

जिल्ला समन्वय समिति कास्कीको अनलाइन जुम बैठक आज समन्वय प्रमुख श्री बैन बहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा बस्यो सो  जुम बैठक मा सबैले सक्रिय रुपमा भाग लिनु भयको थियो आज को बैठकले निम्न निर्णयहरु पारित गर्यो गरेको छ।

सो बैठक को सुरु गर्दै कोराना -१९ को कारण ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरु प्रति गहिरो समबेदना प्रकट गरेको र उपचाररत विरामीहरु जो जो अस्पताल र घरको आइसोलेसन मा हुनुहुन्छ सबै को शीघ्र स्वास्थ्यलाभको कामना गरयो त्यसो ता यस को कारणले सरकारले जारी गरेको निषेधाज्ञा को पूर्ण पालना गरी स्वास्थ्यका मापदण्डलाई आत्मसात गरी घरमा नै रहन र बस्न कास्की बासी आमाबुवा दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरयो।

उपचार र रोकथामको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान माग ventilator operation plan draw ट्याङ्की निर्माण HDU युनिट-२  स्थापनाको लागि संघीय सरकारबाट १६ करोड रकम उपलब्ध गराउने भएकोमा संघीय सरकार प्रति हार्दिक आभार व्यक्त गर्दछौं साथै यसको पहल गर्ने सम्पूर्ण माननीय हरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं यसको रोकथाम नियन्त्रण र यसको व्यवस्थापकीय काममा जुन योगदान गण्डकी प्रदेश र स्थानीय सरकारबाट पुर्याउनु भएको छ यसको लागि धन्यवाद दिँदै अझै थप प्रभावकारी काम सहित योजनाहरु अगाडि वढाउन हार्दिक अनुरोध गर्दछौं साथै प्रथम लाइनमा खटिने स्वास्थ्यकर्मीहरु सुरक्षानिकायहरु सम्पूर्ण सामाजिक संघसंस्था लगायत सबैमा हार्दिक आभार व्यक्त गरयो।
यसमहामारी नियन्त्रणका लागि खोप नै एकमात्र अचूक उपाय देखिएकाले सहज आपूर्ति गरी सम्पूर्ण जनतामा पुर्याउनको लागि प्रदेश सरकार संघीय सरकार समक्ष अनुरोध गरयो।
कास्की जिल्लाको भिन्नै अतिप्रभावित जिल्लाको रुपमा देखिएकोले विद्यमान स्वास्थ्य संरचना र जनशक्तिको को सेवा अझै कम भएको देखिएको अवस्थामा कास्की जिल्लाका ४ गाउँपालिका स्तरीय अस्पताल नगरपालिका क्षेत्रका विभिन्न सरकारी अस्पतालमा स्वास्थ्य संरचना अक्सिजन बेड लगायत अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न थोरै भएपनि योगदान पुगोस् भनी कोस सञ्चालन निर्देशिकाको अधिनमा रही पालिकाहरूको सिफारिसमा ४ गाउँपालिकालाई १०-१० लाख दरले ४० लाख र पोखरा महानगर पालिकालाई ६० लाख गरी कुल १ करोड विनियोजन गर्ने ने गरयो साथै पोखरा १६ मा रहेको मातृशिशु मितेरी अस्पतालमा २० बेडको आइसोलेसन को लागि रु १५ लाख आजै पोखरामा नगर पालिकाको खातामा पठाउने निर्णय पनि गरयो।

र अन्तमा कोभिड नाईन्टिनको यस दुखद् समय मा पनि बिचौलिया हरुले विभिन्न खाद्य सामग्रीहरुमा अमानवीय तबरबाट कृत्रिम अभाव देखाउँदै अस्वाभाविक मूल्य बृद्धि भएको जनगुनासो आएको हुँदा यस बिपतको बेलामा मानवीयतालाई ख्याल गर्दै यस्तो अप्रिय कार्य नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै स्थलगत अनुगमन गरी नियमनको प्रक्रियामा गई सहज आपुर्तीको व्यवस्था गर्नको लागि सरोकार वाला सम्पूर्ण सरकारी निकायहरूको गम्भीर ध्यानाकर्षण गर्ने निर्णयगर्दै आजको यो zoom meeting समाप्त गरेको स्वकीय सचिब नारायण त्रिपाठीले परिबर्तन न्युज लाइ बताउनु भयो ।

-प्रकाश अधिकरी

 

प्रतिक्रिया दिनुहोस्: