Worldlink Communications

नमुना प्रसासकिय अधिकृत लाइ सबैले  सलाम गर्नै पर्छ ।

बैतडी,
बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कहिले एक हातले वैशाखी टेकेर अर्को हातले कुचो समाउँदै आफु कार्यरत गाउँको सरसफाइमा जुटछन् भने कहिले कोराना संक्रमितहरु को घरघरमा राहत को प्याकेज लियर र पुगछन्।

त्यसो त हुने बिरुवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि आफुले जानेका सबै बिसयहरु चाहे त्यो स्कुल जीवन किन नहोस चाहे विश्वविद्यालयमा अध्ययन गर्दाको समयमा किन नहोस् उनले यस्ता रचनात्मक कार्यक्रमहरुमा उनको सक्रिय भूमिकामा अब्बल रही आफुले काम गरेको र आज पनि त्यसै गरि काम गर्नु पर्छ भन्ने मान्यता राख्ने डिलाशैनी गाउँपालिकाका प्रशासकीय अधिकृत पंख बहादुर शाह बताय ।

आफ्नो कर्म स्थानमा जति समय रहन्छु त्यति समय सम्म त्यहाँको वातावरण राम्रो हुनुपर्छ जनताको काम छीटोछरितो हुनुपर्छ भन्ने मान्यता राख्दै आउनुभएका पंख बहादुर शाह केहि समय आगाडी सवारीसाधनबाट लडेर घाइते भई एउटा खुट्टा नै नचल्ने अवस्थामा पुग्दापनि आफ्नो काममा निरन्तर काम गरिरहेको समयमा विश्व महामारी covid 19 बाट संक्रमित भइ अहिले होम आइसोलेसन मा बस्नु परेको बाध्यात्मक अवस्थाले आफ्नो मनलाई दुखि बनाइ रहेको महसुस भइरहेको बताउने प्रसशाकीय अधिकृत पंख बहादुर शाह संग कोरोना विशेष मा रहेर गरियको कुराकानी।

आजको दीन सम्म पनि प्रशासकीय अधिकृत आफै पनि संक्रमित हुनुहुन्छ हामी तपाइँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं भन्दा अहिले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउने प्रशासकीय अधिकृत आफूले कोरोना चेक गराउनु भन्दा केहि अगाडी अलिअलि सामान्य रुघाखोकी देखिएको भन्ने प्रसङ्ग अनुसार एकमुष्ट गाउँपालिका को प्रतिनिधि मुलक व्यक्ति हरुको pcr चेक गर्दा पालिका कार्यालय को 2 जनाको काेरना पोजेटिभ देखिएको हुनाले दुवै जना अहिले होम आइसोलेसन मा बसेको छौ।

अहिले गाउपालिमा स्वास्थ्य सेवा बाहेक अन्य सबै दैनिक कार्यहरु ठप्प छन् भने contact tracing ma आएका हरुलाइ सबैको pcr चेक गर्ने र उहाँलाई राम्रोसँग उपचार गर्नको लागि वातावरण बनाउने मा नै पालिका प्रमुक रुपमा लागेको बताउनु भयो भने उहा आफै पनि संक्रमित भयको हुनाले यस बाट बच्न को लागि व्यक्तिको सवैभन्दा ठुलो कुरो आत्मविश्वास नै हो भने अर्कोतिर खानपान योग अभ्यास सुरक्षित रहने अरु सँग contac मा नजाने तातोपनि झोलिलो पदार्थ पिउने जथाभाबी नडुल्ने डुल्नेपरे मस्क लागाउने सरकार ले दियको अनुसासन मा रहेर डुल्नु पर्छ भन्नुभयो भने सबै भन्दाठुलो कुरा आत्म बिस्वास नै हो भनेर जोड दिनु भयो।

अहिले नया कुरा गर्नु पर्दा कोराना को सक्रमण बाट बच्न को लागि यस गाउपालिकाले कोराना अस्पताल नै बनायको छ तर अहिले भर्खर सामान्यतया कोहि पनी त्यास्तो संक्रमीत नभयको हुनाले खाली छ भने बिसय खुसि नै मान्नु पर्छ भन्नुभयो बिरामी हुनुभयो भने अस्पताल बनेको छ भने खानेकुराको समस्याको लागि उहाँहरुलाई राहतको लागि प्याकेज नै बनाइ अगाडी बढ्नु पर्छ।

पहिलो राहतको सेसनमा हामीले आबस्यक पर्ने सबैलाई चामल दाल नुन तेल को व्यवस्था गरेको नै हो भने भाडामा बस्ने हरुको लागि घर भाडा  पनि छुट गर्नुपर्छ भनेर सम्बन्धित पक्षलाई अनुरोध गरेका हौं भने छुट गर्ने अनि सहायोग गर्ने सबैलाई धन्यबाद दिदै पख बहादुर शहा भन्नुहुन्छ  दोस्रो सेसन को  COVID  बाट पिडीत हरुलाई हामी राहतको व्यवस्था गरेर फेरीपनि आवस्यक परेमा राहत दिन पछि पर्दैनौं ।

अन्तमा म कोराना संक्रमित भय पनि म रहेको गाउँपालिकाका आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीको छोराछोरीहरु सबैको लागि म जिम्मेवार व्यक्ति भएको नाताले उहाँहरूको पूर्ण स्वास्थ्य लाभको लागि कामना गर्दछु भने राज्यको तर्फबाट सबै जनताको निम्ति राम्रो पहल होस् उपचारमा कुनै कमी नहोस् राज्य छ भन्ने आभास दिओस भन्ने अनुरोध गर्दछु भन्ने नमुना प्रसासकिय अधिकृत लाइ सबैले  सलाम गर्नै पर्छ ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: