Worldlink Communications

संसद् विघटन विरुद्ध सर्वोच्च अदालतमा १३ रिट निवेदन पेस

 

 

 

पोखरा
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आज दिउँसो २ बजेसम्म १३ वटा रिट निवेदन पेस भएको छ। सर्वोच्च अदालत रिट महाशाखाका प्रमुख बाबुराम दाहालले अहिलेसम्म १३ वटा रिट निवेदन पेस भएको जानकारी दिनुभयो ।

‘अहिलेसम्म १३ वटा रिट निवेदन पेस भएका छन ।अहिले सम्म कुनै पनि दलहरूको पनि रिट निवेदन आयको छैन ‘दिउँसो ३ बजेसम्म कतिवटा थपिनेछन् यकिन गरि भन्न नसकिने बताउनु भयो । तिनबजे पछी आयका सबै रिट निबेदनलाई रुजु गरि दर्ता गर्छौ भन्नु भयो ।

सबै रिटहरू एकै प्रकृतिको रहेकाले कुनै सुरुमै दर्ता गर्ने र कुनै पछि दर्ता गर्ने भन्ने नहुने भन्दै सबै रिट प्रक्रियागत ढंगले आए नआएको हेरेर दर्ता हुने बताए। उनले आज सम्भवतः रिट निवेदन दर्ता हुन सम्भव नरहेको समेत बताए।

अहिलेसम्म पेस भएका रिटमा संविधान मिचेर गरिएको प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने, अहिलेको प्रधानमन्त्री र मन्त्रिपरिषद्लाइ कु नै पनि कामकारबाही नगर्न र नगराउन अन्तरिम आदेश दिनुपर्ने र शेरबहादुर देउवालाई अवसर दिनुपर्ने जस्ता रहेका छन् ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: