Worldlink Communications

माओवादीको निर्णय : सातै प्रदेशमा अक्सिजन प्लान्ट, निर्मण मा पहल गर्ने

 

 

 

१०  जेठ, पोखरा
नेकपा माओवादी केन्द्रले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने बतायको छ ।कोरोनाको  महामारीले  अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकहरुका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन प्लान्ट स्थापना गर्न लागिएको बतायाको छ ।

यही जेठ ५ र ६ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले कोरोना नियन्त्रणको लागि पारित गरेको नीति, कार्यक्रम र संरचनासम्बन्धी प्रस्तावमा अक्सिजन प्लान्ट स्थापनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिने समेत बतायाको छ ।कोभिड १९ को दोस्रो लहरको तिव्रता र भयावहतालाई अनुमान गर्दा सरकारले जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा सङ्क्रमण रोक्ने तयारी र प्रभावकारीतामा पूर्णरुपमा असफल भइ कोरोनाको तेश्रो लहर पनि आउन सक्ने सम्भावनाप्रति विज्ञले सचेत गराई रहेको पृष्ठभूमिमा सम्भावित विपत्तीलाई सामना गर्न यो निर्माणको तयारी आजको प्रमुख विषय बन्न पुगेको माओवादी केन्द्रले बताएको छ ।

माओवादीले पार्टीको नेतृत्वमा नै कोभिड कोष खडा गर्ने भएअनुसार त्यसका लागि यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाउने पारिश्रमिक एवं मासिक भत्ता र विभिन्न राजनैतिक नियुक्ति लिएकाले आफूले प्राप्त गरेको आम्दानी बुझाउन भनिएको छ ।भने उक्त कोषमा सहयोगका लागि देशभित्र र बाहिर रहेका सवै जनवर्गीय सङ्गठनहरुलाई आव्हान गर्ने, पार्टी बाहिरका आदरणीय र मनकारी महानुभाव र विभिन्न संघसंगठनलाई अनुरोध बतायको छ ।खोपका सन्दर्भमा सरकारको ढिलासुस्ती र कमिशनको खेल लगायतको जनताको जनजीवनमाथि भइरहेको खेलवाडको निन्दा गर्दै माओवादीले समयमै खोपको व्यवस्थापन गर्न दबाव दिने तथा आफ्नो नेतृत्वमा गठन भएका प्रदेश र स्थानीय तहको सरकारलाई पनि खोपको कार्यान्वयन गर्न गराउन स्पष्ट निर्देशन दिने पनि बतायको छ ।

सङ्क्रमितको जीवन रक्षाका लागि खटिएका स्वास्थ्यकर्मीलाई शत प्रतिशत भत्ता सुविधा दिनुपर्नेमा जोड दिँदै माओवादीले यसअघि घोषणा भएका कतिपय सेवा सुविधा कार्यान्वयन नभएकोमा आपत्ति जनाएको छ । दक्ष जनशक्तिको चौतर्फी अभाव भएकाले त्यसलाई छिटो पूर्ति गर्न का लागि अस्थायी वा करारमा रहेका स्वास्थ्यकर्मीलाई स्थायी गराउन सुझाब दिने पनि बतायको छ ।

यस बिसम अवस्थामा पनि कालोबजारी गर्ने र सामानको दुरुपयोग गर्नेमाथि कडा कारवाही गरिनुपर्नेमा जोड दिँदै स्वास्थ्य सामग्रीको पारदर्शी वितरण हुनुपर्ने सत्ता र शक्तिको दुरुपयोग गरी स्रोतसाधनको पार्टीकरण गर्ने भ्रस्टीकारण बन्द गरिनुपर्नेमा ध्याकनार्षण गराएको बतायाको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वव्यापी महामारी सँग लड्न केन्द्र, प्रदेश र स्थानीय तहसम्म सर्वदलीय, सर्वपक्षीय सयन्त्र निर्माण गर्न पुनः आग्रह गरेको  पनि बताएका छन् ।

माओवादी केन्द्रको बैठकबाट जारि गरियको

प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: