Worldlink Communications

किन विशेष छ बुधबारको चन्द्र ग्रहण ?

 

 

११जेष्ठ,पोखरा

भोलि मे २६ बुधबार लाग्ने चन्द्रग्रहण निकै महत्वपूर्ण र विशेष प्रकारको छ । यो चन्द्रग्रहण लाग्ने क्रममा विश्वका विभिन्न भागबाट रातो चन्द्रमा देखिनेछ सुपर ब्लड मुन भनिन्छ ।
बुधबारको सुपर ब्लड मून यस वर्ष २०२१ को दोश्रो सुपरमून हो । यसअघि गत अप्रिल २६ मा पहिलो सुपर मून देखिएको थियो त्यसो त यो पटकको चन्द्रग्रहण नेपालबाट देख्न पाइने छैन ।

किनकि आकाशमा चन्द्रोदय हुनु अगाडि नै चन्द्रग्रहणको अवधि सकियाको हुनेछ । उत्तर अमेरिका, पश्चिमी र दक्षिणी अमेरिका र पूर्वी एसियाली मुलुकहरूमा खग्रास चन्द्रग्रहण देखिने छ । त्यस क्रममा १४ देखि १५ मिनेटसम्म रातो चन्द्रमा देखा पर्नेछ ।
बीबीसीबाट

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: