Worldlink Communications

बास्तबमा फिजीकरण भनेको के हो ?

 

 

 

पोखरा,जेष्ठ १३
सरकारले नागरिकता संशोधन सम्बन्धी अध्यादेश ल्याएपछि देस फिजीकरणको दिशामा अघि बढेको,विघटित प्रतिनिधिसभा मा विचाराधीन विधयक छलेर सरकारले आइतबार यो अध्यादेश ल्याएको थियो राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ जारी गरेपछि जन्मका आधारमा नागरिकता प्राप्त व्यक्ति र बुवाको ठेगाना नखुलेका नेपाली नागरिकता भयका महिलाका सन्तान लाई वंशजको आधारमा नागरिकता वितरण गर्ने बाटो खुलेको छ ।

गृह मन्त्रालयका अनुसार २०६३ देखि २०७२ अशोज ३ गतेसम्म जन्मसिद्ध नागरिकता लिएकाको संख्या १,९०,७२६ छ । अध्यादेशअनुसार जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका वालिक छोराछोरीलाई वंशजको नागरिकता दिने प्रक्रिया छिट्टै अघि बढाउने सरकारको तयारी गरेको छ । कोरानाकै महामारीमा गृहमन्त्रालयले आगामी निर्वाचन अगाडिनै नागरिकता वितरण गरि सक्ने गरी आन्तरिक गृहकार्य अघि बढाएको छ । संविधानले प्रत्याभूत गरेको व्यवस्था कार्यान्वयनका लागि अध्यादेश ल्याएको सरकारको भनाइ रहेको छ ।

त्यसोत अध्यादेश जारी भएपछि देश फिजिकरण हुने दिशामा अघि बढेको टिप्पणी पनि त्यतिकै मात्रामा भैरहेको छ । अध्यादेश सत्तासँग सौदाबाजी गर्न ल्याइएको भन्दै सरकारको आलोचना भइरहेको छ । अध्यादेश जारी भएलगत्तै संविधानविद् तथा अधिवक्ता भिमार्जुन आचार्यले सामाजिक संजालमा यस्तो माहामारिको समयमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपाललाई फिजी को नियतिमा पुर्याउनका लागि नागरिकता को अध्यादेश जारी गरेका छन् भन्नु भयो ।

सामाजिक सञ्जाल हरुमा मा नागरिक अध्यादेस ले देसलाइ फिजीकरण बनाउन लागेको,ओलीले राष्ट्रघात गरेको, ४० लाख भारतीयलाई नयाँ नागरिकता दिन लागेको मा व्यापक बिरोध भयको छ भने अर्को तर्फ ससदमा सयौ विधेयकहरु विचाराधीन राखेर अध्यादेश ल्याउनुले झनै सरकारको नियतिमाथि पनि प्रश्न उठेको छ ।बिगतमा नागरिकता भनेको चकलेट बाँडे जस्तै हो भनेर प्रति प्रश्न गर्ने ओली अहिले आफैले बोलेको अभिव्यक्तिको पनि राम्रै मुल्यांकन सहित भाइरल बनेको छ ।

यो बिधयक ले गरेको व्यवस्था भनेको विदेशीसँग बिहे गरेका बाट जन्मेका हाम्रा भान्जा भान्जीलाई सजिलै नागरिकता दिन लागिएको प्रस्ट हुन्छ हामीले जे नहोस् भन्ने सोचेका थियौं त्यही गरियो यो अध्यादेशले नेपालिहरु विदेशीबाट साशित हुनुपर्ने पर्ने हुदा देस नै भारतीय हरु को कब्जामा पर्ने षड्यन्त्र को सुरुवाती भइसकेको छ भन्न सकिन्छ ।

प्रधानमन्त्री केपी ओलाी शर्माले आफ्नो सत्ता टिकाउनको लागि जनता समाजवादी पार्टी का महन्त ठाकुर र राजेन्द्र महतोसँग अपारदर्शी तरिकाले साठगाठ गरेर अध्यादेश ल्याएको भन्दै यसको विरोध भइरहेको छ वरिष्ठ अधिवक्ता दोय बालकृष्ण न्यौउपाने र बोर्णबहादुर कार्कीले अध्यादेश विरुद्ध सोमबार नै सर्वोच्चमा रिट दायर गरिसकेका छन् नेत्रविक्रम चन्द नेतृत्व को नेकपा,विवेकशील साझा पार्टी लगायतले पनि अध्यादेशको विरोध गर्दै विज्ञप्ति निकालेका छन् ।

अध्यादेशलाई जोडेर राष्ट्रियता माथि नै प्रश्न उठेको केही दिन अघि महान्यायाधिवक्ताको कार्यालय ले पत्रकार सम्मेलन गरेर स्पष्ट पार्ने प्रयास गर्यो महान्यायाधिवक्ता रमेश बराल ले संविधानतः नागरिक हक अधिकार सुनिश्चित गर्न आदेश जारी गर्नुपरेको भन्दै सरकार र राष्ट्रपतिको बचाउ गर्नुभएको थियो सरकारले नागरिकता बिधयक तीनवर्ष अघिनै सभामा पेश गरेपनि त्यसलाई रोकेर पेस हुन्नदिएको र संवैधानिक अधिकार बाट वञ्चित हुने अवस्था आयपछि अध्यादेश ल्याउन बाध्य भएको जिकिर गर्नुभएको थियो ।

वास्तवमा स्थिरीकरण भनेको के हो ?

फिजी भन्ने देशमा सन्१९७७ मा भारतको दबदबा थियो भारतीय मुलुकका नागरिकलाई नागरिकता दिने गरियो सन् १९८७ देखि सन् १९९० सम्म फिजी देस संविधान विहीन अवस्थामा रह्यो यो संवैधानिक संकटको फाइदा उठाएर भारतले उक्त समयमा फिजिमा रहेका सबै भारतीय मुलुकका नागरिकलाई नागरिकता दिनुपर्ने दबाब अनुसार टिभीमा जन्मेका जुनसुकै भारतीय नागरिकले पनि नागरिकता पाउन सक्ने फिजिको संविधानको धारा २० मा व्यवस्था गरियो जस अनुसार सन् १९८१ मा ५८८ जनाको संख्यामा रहेको भारतीयहरु सन् १९९६ मा आइपुग्दा ३ लाख ३९ हजार पुगे नक्कली नागरिकताको आधारमा भारतीय नागरिक महेन्द्र चौधरीले फिजीको चुनाव लडे ७१ सीट रहेको त्यहाको संसदीय चुनावमा ३७ सिट भारतीय मुलका उमेद्वारले जितेपछी भारतीय नागरिक महेन्द्र चौधरी फिजी को प्रधानमन्त्री बने अहिले पनि फिजी भारत को प्रान्त जस्तै भयर रहेको छ ।

ठिक त्यसैगरि नेपालका प्रधानमन्त्रीको सिफारिसमा हाम्रो राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी अध्यादेश को दिशा पनि यही हो हामीलाइ पनि भारतीय सासकले हामी माथि सासन चलाउदा के होला कल्पना गर्नुस त अहिले हामि नेपाली मात्र भयर रहदा बस्दा त यस्तो हबिगत मा छौ भने साच्चै नै नेपालमा भयका सबै भारतीयहरुले नागरिकता पायमा के होला कसैले आफ्नो सत्ता स्वार्थका लागि अध्यादेस अनुमोदन गरिरहदा सच्चा नेपालीको नाताले राष्ट्र र रास्ट्रीयता को निम्ति त्यसको बिरोध किन नगर्ने ?

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: