Worldlink Communications

अनलाइन पत्रकार संघ गण्डकीले सरकारलाई ध्यानाकार्षण गरायो

 

पोखरा,जेष्ठ २५

अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ आज मंगलबार प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार शहरी विकास तथा यातायात मन्त्री रामशरण बस्नेत लाई भेटेर निम्न लिखित बिसय मा ध्यानाकर्षण गरायो ।

-अनलाइनहरु को दर्ता नविकरण लाई थप सहज बनाउन सम्बन्धित जिल्लामा भएको व्यवस्थालाई सहजीकरण गर्न कम्पनी रजिष्ट्रारको कार्यालय सम्बन्धित जिल्लामा नै व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गर्न आग्रह गरिएको छ।

अहिलेको अनलाइन दूरसञ्चार सूचीकरण केन्द्रीय प्रेसकाउन्सिलमा गर्नुपर्ने व्यवस्था अव्यवहारिक झन्झटिलो र संघीयता को मर्म विपरीत भएको हुँदा सो व्यवस्था प्रदेस मा नै गर्न ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ।

अनलाईनमा कार्यरत पत्रकारहरूको क्षमता वृद्धि गर्न अनलाईन पत्रकारिता तालिम सञ्चालन र सोका लागि बजार व्यवस्थापन गर्न समेत संघले माग गरेको छ साथै यसको संरक्षणका लागि विशेष नीति तर्जुमा समेत गर्न आग्रह गरिएको छ।यस्तै कोराना महामारीको कारण जागिर गुमेका र कामविहीन भएका पत्रकारहरूको लागि दिर्घकालिन र अल्पकालीन राहात वितरण गर्नुपर्ने।

कोभिड कै कारण ले ज्यान गुमाएका पत्रकार का परिवारलाई राहतस्वरुप आर्थिक सहायता प्रदान गर्न तथा संक्रमित पत्रकार र परिवारका सदस्य को निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र कोभिड कै कारणले संचालन हुन सकी बन्द भएका सञ्चारमाध्यमलाई पुनर्जीवन प्रदान गर्न कोभिड सञ्चार राहत कोषको स्थापना गरी आवश्यक प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारलाई आग्रह गरेको छ।

पत्र बुझ्दै आन्तरिक मामिला तथा कानून मन्त्री बस्नेतले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई अध्ययन गरी आवश्यक मागको सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाँले यो संक्रमणकालीन अवस्था भएकोले सकेसम्म पत्रकारिता क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनुभयो।

प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: