Worldlink Communications

मातृशिशु मितेरी अस्पताल पोखरा १६ ले २० सैया को कोभिड उपचार कक्ष बनायो

  पोखरा जेष्ठ २७

पोखरा महानगरपालिका वडा नम्बर १६ मा अवस्थित मातृशिशु मितेरी अस्पताल कोमा गानेले आजैबाट सञ्चालन हुनेगरी २० सैया को कोभिड उपचार कक्ष समुद्घाटन कार्यक्रमको आयोजना गरर्यो ।

प्रमुख अतिथि यस मातृशिशु अस्पतालका जन्मदाता भनेर चिनिने गण्डकी प्रदेशका सांसद एवम् नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा ले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष पुष्पराज तिमिल्सिनाले गर्नुभएको सो कार्यक्रम यसै अस्पतालका  लेखापाल सबिना थापा क्षेत्रीले संचालन गर्नुभएको थियो ।

त्यस्तैगरी अतिथिहरूको रुपमा गण्डकी प्रदेश सांसद क्रमशः प्रभाकोइराला,मिना गुरुङ,कास्की जिल्ला समन्वय समितिका अध्यक्ष बैन बहादुर अधिकारी,पोखरा उधोग बाणिज्य सघ का अध्यक्ष दामु अधिकारी लगायत विभिन्न पार्टीका पार्टी अध्यक्षहरु र पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन प्रसाद आचार्य त्यस्तै गरी पोखरामा नगरपालिका वाड नं १९ का वडा अध्यक्ष शोभा मोहन पौडेल लगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको राम्रो उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो ।

राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रम लाई स्वागत मन्तव्य दिँदै मे सो डा पुस्कर पौडेल ले अस्पतालमा भएका सम्पुर्ण विकास निर्माणका कार्यक्रमहरु को फेहरिस्था बताउनुभएको थियो ने कोभिड उपचार कक्ष सबै मिलेर बनाउनुपर्ने वातावरण भएअनुसार ३० लाखको योजना लाई नगरपालिकाले रु दस लाख र जिल्ला समन्वय समिति को तर्फबाट रु पन्ध्र लाख सहयोग भएपछि हामी यो मातृशिशु मितेरी अस्पताल लाई कोभिड उपचार कक्ष बनाउन सामर्थ्य भएका छौं उहाँहरुलाई धन्यवाद दिँदै आगामी दिनमा कोराना को कारणले कोही व्यक्ति मर्न नपर्ने जानकारी दिनुभएको थियो सहयोगी सस्था र आज यस कार्यक्रम मा सबैलाई स्वागत गर्दै बिदा हुनुभएको थियो ।

वक्ताको क्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले मातृशिशु कोमागाने अस्पताल मा छुट्टै कोविड उपचार कक्ष बनाउने आवश्यकता भएको महसुस सबै पक्ष बाट भएपछि नगरपालिकाले ४० प्रतिशत रकम करिब रु दस लाख सहयोग गर्छ भने आँफुहरुले ६० प्रतिशतले पन्ध्र लाख दियपछी नै यो उपचार कक्ष निर्माण हुन सफल भएको हुनाले आफुलाई आनन्द भयको अनुभूति भयको छ भन्नु भयो यसमा माननीय सांसद कृष्ण थापा समन्वय सदस्य गोमा अधिकारी ,वडा अध्यक्ष जीवन प्रसाद आचार्य लगायत सबैको महत्वपूर्ण भूमिका रहेको मा धन्यवाद दिँदै आगामी दिनमा हामी अझै सहयोग गर्न तयार छौं भन्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ बाट स्वास्थ्य सम्बन्धी विभिन्न स्वास्थ्य सामग्रीहरु जस्तै केहि स्थान सेनिटाइजर पाँच लिटरको ग्यालिन ४ ग्यालन छ .मास्क ३०बट्टा १५०० पिस भाइजर ३ प्याकेट ३० पिस छ ग्लोब्स ७ प्याकेट भनेको ७०० पिस सोहि कार्यक्रममा कार्यवहाक अध्यक्ष पुष्पराज तिमिल्सिना र मे सो डा। पुस्कर पौडेललाई संयुक्त रूपमा हस्तान्तरण उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले गर्नुभएको थियो

कार्यक्रमको अन्तमा गण्डकी प्रदेश सभासद एवं नेकपा एमाले कास्कीका अध्यक्ष साथै यस कोमागाने मातृशिशु मितेरी अस्पतालका जन्मदाताका रुपमा चिनिने आजको कार्यक्रमका प्रमुख अतिथि कृष्ण थापा आफूले कार्यक्रम को प्रमुख अतिथि विभिन्न कारणहरुले प्राप्त गरेको हुनाले तैपनि आयोजकलाई धन्यवाद दिँदै यस अस्पतालले प्रगति गर्ने प्रत्येक खुड्किलाहरु मा आफ्नो सहभागिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो यस अस्पतालको विकासकोलागिजमिन अझै धेरै चक्लाबन्दी बनाउन पाए यसलाई १०० वार्डको अस्पताल बनाउन मन छ भन्नुभयो
सुत्केरी हुन लगायत  विभिन्न उपचार गर्न आउने सबैलाई अब त यो कोभिड  उपचार गर्ने अस्पताल भयो भनेर डराउनु पर्ने कुनैपनि माध्यम नभएको हुनाले कोही कसैसँग कुनै हालतले सम्पर्कमा नआई उपचार गरिने  वातावरण बनाइएको हुनाले सबैले निर्धक्क भएर उपचार गर्नुहुन अनुरोध गर्नुभयो मातृशिशु मितेरी अस्पताल र  जापानको कोमागाने शहर को अन्योन्याश्रित सम्बन्ध भएको हुनाले यसको आफ्नै महत्व छ भन्नुभयो सोही अवसरमा प्रमुख अतिथि कृष्ण थापाले  कोभिड उपचार कक्ष बनाउन सबैले आफ्नो ठाउँबाट धेरै राम्रो भूमिका खेल्नुभएका सम्पूर्ण संघसंस्था विशेषगरी महानगरपालिका र जिल्ला समन्वय समिति लाई धन्यवाद दिनुभयो .

                                                                                                                           कार्यक्रम प्रस्तोता सबिना थापा क्षेत्रीले आफूले कार्यक्रम सञ्चालन गर्न लागेको समयमा केही कमीकमजोरी भएको भए क्षमायाचना माग्दै कायक्रम को अध्यक्षता गर्दै आउनुभएका अध्यक्ष लाइ कार्यक्रम समापन गरिदिनुहुन अनुरोध गर्दै ओजेल पर्नुभएको थियो भने कार्यक्रमको अन्त गर्दै मातृशिशु मितेरी अस्पताल का कार्यवाहक अध्यक्ष पुष्पराज तिमिल्सिनाले कोबिड कक्ष बनाउनको निम्ति एउटा बिचार आयो र यसलाई कार्यान्वयन गर्ने समयमा आफू कार्यवहाक अध्यक्ष भइरहँदा आफूलाई निकै भाग्यमानी भएको महसुस गरेको छु कोभिड कक्ष निर्माणका लागि सहयोग गर्नुहुने विशेषगरी जिल्ला समन्वय समिति का अध्यक्ष नगरपालिकाका मयर मान बहादुर जिसी साथै  मातृशिशु मितेरी अस्पताल को सधैं उज्ज्वल भविष्य देख्न चाहने संस्थापक अध्यक्ष कृष्ण थापा पछिल्ला दिनहरुमा समन्वय समितिका सदस्य गोमा अधिकारी लगायत वार्ड १६ का अध्यक्ष जीवन प्रसाद आचार्य,वार्ड १९ का वार्ड अध्यक्ष शोभा मोहन पौडेल वार्ड २० का अध्यक्ष शिम गुरुङ लगायत सबैको महत्वपूर्णभूमिका रहेको बताउनु भयको हो/

कोभिड लागेका व्यक्तिहरुलाई राम्रो वातावरण बनाई औषधि उपचार गरी पौष्टिक आहार सहितउपचारको खानको व्यवस्था गरिने भएको हुदा  मातृशिशु मितेरी अस्पतालले सहयोगको लागि हात नफैलाउने तर कसैले यहाँ राम्रो काम गर्नुभएको रहेछ भनेर सहयोग गर्न चाहेमा त्यो सहयोग लिने बताउनुभयो अन्तमा कोभिड कक्ष को उद्घाटनको लागि आजका प्रमुख अतिथि कृष्ण थापाले रिबन काट्ने अनुरोध गर्दै आजको यो कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो /
-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: