Worldlink Communications

होसियार अश्लिल भिडियो र तस्बिर देखाएर बार्गेनिङ गर्नेहरूको सिकार बन्नु होला

 

पोखरा, असार ५
सामाजिक संजालबाट आउने अपरिचित व्यक्ति को प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार रहनुहोला यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति आफन्त सबै संगै ज्यानै गुम्ला नि !

विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा आएका व्यक्तिहरु सँगको अन्तरङ्ग का कुरा तथा अश्लील संवाद तस्बिर र भिडियोहरु लाइ ति अपराधी हरुले म्युटिलेट तथा फोटोसप गरी फेसबुक,म्यासेनजर् ,टिकटक र युटुब जस्ता सामाजिक संजालको प्रयोग गरि तपाइको चरित्रहत्या गर्ने जस्ता कामहरु गरी धनसम्पत्ति माग्ने नदिएमा नैतिक चारित्रिक हत्यागर्ने धम्कि दिई पिडामा पार्दै चरित्र हत्या गरीदिने भनि रकम बार्गेनिङ
को पिडाबाटबच्न अनावश्यक लिक नखोल्ने अपरिचित व्यक्तिलाई साथी नबनाउने ।

नेपाल प्रहरी को केन्द्रिय साइबर ब्युरोका अनुसार केही समययता अपरिचित व्यक्तिले फ्रैंड रिकोयस्ट पठाई बारम्बार भिडियो संवाद गर्ने र प्रेम प्रस्ताव राखी आफैंले अश्लील क्रियाकलाप देखाई सम्बन्धित पुरुष वा महिलालाई उक्साउँछन् एकआपसमा सबै साटासाट गरिसके पछी अस्लिल तस्बिर तथा कुराकानी का सम्पूर्ण रेकर्ड साइबर अपराधमा फसाइ दिन्छु सामाजिक संजालमा राखिदिन्छु पारिवारिक सम्बन्ध खतमबनाई दिन्छु भन्ने धम्की दिने गरेको पाइएको छ ।

साइबर विज्ञ प्रहरी उपरीक्षक नबिन्द्र अर्याल भन्नुहुन्छ कोरोना बन्दा बन्दीको मौका छोपी अश्लील क्रियाकलाप गर्न उक्साएर भिडियो बनाउने तस्बिर साटासाट गर्ने भिडियो म्युटिलेट तथा फोटोसप गरी फेसबुक,म्यासेनजर् ,टिकटक र युटुब जस्ता सामाजिक संजालको प्रयोग गरि चरित्र हत्या गरि रकम बार्गेनिङ गर्नेहरूको बिगबिगी बढेको बताउनुहुन्छ र साइबर अपराधको शिकार हुनबाट जोगीन सर्बसाधारण को लागि पटकपटक सार्वजनिक जनचेतना का सूचनाहरु दिदै गर्दै आएको भएपनि कतिपय नया पिढीले सामाजिक सञ्जालबाट प्राप्त हुने सूचना सामग्री मा विश्वास नगर्ने भएको कारणले यस्ता घटनाहरु घटन गयको हो भन्नुभयो ।

वरिष्ठ प्रहरी निरीक्षक नविन्द्र अर्यालका अनुसार दैनिक १८ देखि २७ वटा उजुरी आउने गरेका मध्ये एकदर्जन चरित्रहत्या र ठगिका छन् भने कोरोना पछि अश्लिल भिडियो र तस्बिर देखाएर नगद बार्गेनिङ गर्ने नया तरिकामा देखापरेका अपराधको रूपमा आएका छन् ।

यस्तो पिडाबाट बच्न अनावश्यक लिक नखोल्ने अपरिचित व्यक्तिलाई साथी नबनाउने र सुरक्षा निकाय ले दियका सूचना लाइ अक्षरक्ष मान्ने कहिँकतै त्यस्तो घटना घट्दै छ भने तुरुन्त सुरक्षा निकाय मा सम्पर्क गर्नु पर्ने बताउनु हुन्छ ।

-प्रकाश अधिकारी

 

 

प्रतिक्रिया दिनुहोस्: