Worldlink Communications

फर्निचर तथा फर्निशिङ व्यवसायीसंघ कास्कीले कोभिड अस्पताल सहयोग

 

पोखरा ८ जेष्ठ

फर्निचर तथा फर्निशिङ व्यवसायी कास्कीलेपोखरामा नगरपालिकामा रहेका covid अस्पतालहरुलाई बिरामी कुरुवा र पछि सुत्केरी वार्डको लागि सुत्केरी कुरुवा हरुलाई अतिआवश्यक बेडहरु मातृशिशु मितेरी अस्पतालमा 16 खाट ,शिशुवाको कोभिड वार्ड मा 15 वटा र गण्डकी अस्पतालको गण्डकी कोभिड अस्पताल मा भने 40 वटा खाट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता फर्निचर तथा फर्निशिङ व्यवसायी सङ्घ कास्की  का अध्यक्ष युवक बहादुर बस्नेत ले गर्नुभएको थियो भने सो कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश सभासद एवं नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापा ले गर्नुभएको थियो कार्यक्रमका अतिथिहरुमा मातृशिशु मितेरी अस्पतालका अध्यक्ष उषा बरुवाल, सोही अस्पतालका मे सो डा.पुस्कर पौडेल ,वडाध्यक्ष क्रमश शोभा मोहन पौडेल,जीवन प्रसाद आचार्य साथै सोही अस्पतालका कार्यवाहक अध्यक्ष समेत रहनुभएका पुष्पराज तिमिल्सिना,चेम्बर अफ कमर्स पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष श्री ज्ञान बहादुर नेपालि, पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष  बलराम आचार्य,गण्डकी प्रदेस फर्निचर तथा फर्निशिङ व्यवसायी  महासङ्घका  अध्यक्ष युवराज पौडेल तथा  सचिव हिरामणी पण्डित र बिभिन्न पदीय मर्यादामा रहनु भएका सम्पूर्ण अतिथिहरु को उपस्थितिमा गरिएको सो कार्यक्रम संचालन फर्निचर तथा फर्निशिङ व्यवसायी सङ्घकास्की का महासचिब रामजी प्रसाद तिवारीले गर्नुभएको थियो।कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै पोखरा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष बलराम आचार्य ले हामीले यस्ता सहयोगका कार्यक्रमहरु विगत वर्षहरुमा गर्दै आएको हुनाले यो पनि एउटा त्यसैको निरन्तरता नै हो तर पनि आवश्यकतालाई महसुस गर्दा हामीले मातृशिशु मितेरी अस्पतालमा बिरामी कुरुवा हरूको लागि आवश्यक पर्ने खाट नभएको भन्ने कुरा सुन्नमा आएको हुनाले हामीहरुले जे आवश्यकता हुन्छ त्यहीँ गर्नु पर्छ भनी हामीले बिरामी कुरुवा हरु को लागी खाटको व्यवस्था गरेका हौं भन्नुभयो ।

त्यस्तैगरी आजको कार्यक्रमका प्रमुख अतिथिको रहनुभएका गण्डकी प्रदेश सभासद् कृष्णबहादुर थापाले आफूले यस मातृशिशु मितेरी अस्पताल को लागि सवै सहयोगी दाताहरु सहयोगी मनहरु र तपाईहरुले गर्नसक्ने सहयोग के हो भनेर सोध्ने र यो गर्नु सक्नु पाए राम्रो हुन्थ्यो भनेर सुझाउने विचार भएको हुनाले अरुले के सहयोग गर्न सकिन्छ होला भनेर भनिरहँदा अस्पताललाई covid-19 ग्रस्त भएका बिरामीहरूको लागि खाटको आवश्यकता छ भनेको हुनाले आफ्नो सहयोग गर्ने मानसिकता बनाएर आज उहाहरुले यो सहयोग गर्नुभएको मा उहाहरुलाई धन्यवाद दिनुभएको थियो र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिन्छ भन्नुभयो ।

कार्यक्रमका अध्यक्षता गरिरहनुभएका फर्निचर तथा फर्निशिङ व्यवसायी सङ्घ कास्की का अध्यक्ष युवक बहादुर बस्नेतले छोटो समयका लागि बनाइएको कार्यक्रम निकै नै फलदायी रहेको होस्  हामीले सहयोग गरेका हरेक बस्तुहरु अस्पतालको लागि महत्वपूर्ण हुनेछन् भन्दै भोकाएको मान्छेलाई खानेकुरा दिंदा राम्रो हुन्छ भनेर नै भोकाएको मान्छेलाई खानेकुरा दिएको जस्तो सम्झेका छौं हामीले मातृशिशुमितेरी अस्पताललाई केही दिदा सहयोग गरेको ठहर्छ राम्रो हुन्छ भनेर भनिरहँदा आवश्यकताको मागअनुसार विरामीहरुलाई कुर्ने खाट नभएको भन्ने सुन्नमा आए पछि हामीले वटा खातहरु हामीले मातृशिशु मितेरी अस्पतालमा 16 वटा खाट ,शिशुवाको कोभिड वार्ड मा 15 वटा र गण्डकी अस्पतालको गण्डकी कोभिड अस्पताल मा भने 40 वटा खाट हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो भन्दै आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै कार्यक्रम समापन गर्नुभयको  थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: