Worldlink Communications

सेवा का लागि युवा कार्यक्रम कास्कीले स्वास्थ्य सामग्री सहयोग गर्यो

पोखरा असार ९

सेवा का लागि युवा कार्यक्रम कास्कीले पोखरा महानगरपालिकामा रहेको मातृ शिसु अस्पताल लाइ स्वास्थ्य सामग्री  हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ /

कार्यक्रमको अध्यक्षता सेवा का लागि युवा कार्यक्रम कास्की का असिल कुमार शाही ले गर्नुभएको सो कार्यक्रमका प्रमुख अतिथि  गण्डकी प्रदेश सभासद एवं नेकपा एमालेका कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापा ले गर्नुभएको थियो  भने कार्यक्रमका अतिथि हरुमा NRN क्यानाडा नेपाल का बेतमान शिह भन्डारी,मातृशिशु मितेरी अस्पतालका अध्यक्ष उषा बरुवाल, सोही अस्पतालका मे सो डा .पुस्कर पौडेल जिल्ला समन्वय समिति कास्की का जिल्ला सदस्य गुमा गौतम अधिकारी  साथै  अस्पतालका कार्यवाहक अध्यक्ष समेत रहनुभएका पुष्पराज तिमिल्सिना, र बिभिन्न पदीय मर्यादामा रहनु भएका सेवा का लागि युवा कार्यक्रम कास्की का   सम्पूर्ण पादधिकारी सहित अतिथिहरुको उपस्थितिमा गरिएको सो कार्यक्रम संचालन अस्पताल का प्रशासन प्रमुख कृष्ण शर्मा ले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै सेवा का लागि युवा कार्यक्रम कास्की को कार्याक्रममा  NRN क्यानाडा नेपाल का बेतमान शिह भान्दारी ले यस्ता सहयोगका कार्यक्रमहरु लाई  निरन्तरता सहयोग को आवश्यकतालाई महसुस गर्दा हामीले मातृशिशु मितेरी अस्पताल मा आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलाब्द्ध गराउनको लागी सेवा का लागि युवा लाइ हरेक चिज मा हातेमालो गरेर जान सक्छौ भन्नु भयो ।

सेवा का लागी युवा कार्यक्रमका सचिब छेवा छिरिंग तामांग ले हामीले नगरे कसले गर्ने युवाले नगरे कसले गर्ने अनी आज नगरे काहिले गर्ने भन्दै सुरु गर्नु भन्दै सुझाउनु भयको थियो  त्यस्तैगरी आजको कार्यक्रमका प्रमुख अतिथिको रहनुभएका गण्डकी प्रदेश सभासद्    कृष्णबहादुर    थापाले आफूले   यस मातृशिशु मितेरी  अस्पताल को लागि सवै सहयोगी दाताहरु   लगायत      सहयोगी मनहरुलाइ  तपाईहरुले गर्नसक्ने सहयोग के हो भनेर सोध्ने र यो गर्नु सक्नु पाए राम्रो हुन्थ्यो भनेर सुझाउने विचार भएको हुनाले यस  लाइ   के सहयोग गर्न सकिन्छ होला भनेर भनिरहँदा बिरामीहरूको लागि स्वास्थ्य सामाग्री  सहयोग  गर्ने  मानसिकता बनाएर     आउनु भयको उहाहरुलाइ     स्वास्थ्य  सामाग्री सहयोग    गर्नुभएको मा  धन्यवाद व्यक्त गर्नु भएको थियो र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिन्छ भन्नुभयो ।

कार्यक्रमका अध्यक्षता गरिरहनुभएका सेवाका लागि युवा कार्यक्रम कास्की का अध्यक्ष असिल कुमार शाही  ले छोटो समयमा नै आफ्नै बलबुताले यहासम्म आयको हुनाले आज् सम्म  हामीले  धेरै स्थान मा सहयोग गरेको भय पानि काचौरा मा माछा दिनु भन्दा माछा मार्न सिकायर  सहयोग गरेका हरेक बस्तुहरु  महत्वपूर्ण हुनेछन् भन्दै फेरिपनि भोकाएको मान्छेलाई खानेकुरा दिंदा राम्रो हुन्छ भनेर नै भोकाएको मान्छेलाई खानेकुरा दिएको जस्तो सम्झेका छौं हामीले मातृशिशुमितेरी अस्पताललाई  केही दिदा  सहयोग  गरेको   ठहर्छ    राम्रो  हुन्छ  भनेर  भनिरहँदा आवश्यकता  र  अहिलले  को बिसम पारिस्स्थिति को  मागअनुसार हामीले मातृशिशु मितेरी अस्पतालमा स्वास्थ्य   सामग्री  हस्तान्तरण   कार्यक्रम  सम्पन्न  गरेको  छौ  भन्दै आजको कार्यक्रम समाप्त गर्नु भएको थियो ।

-प्रकाश अधिकारी

 

प्रतिक्रिया दिनुहोस्: