Worldlink Communications

स्थानीय तहका कार्यपालिका सदस्यका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

पोखरा असार, १८

 

स्थानीय तहका कार्यपालिका सदस्यहरु को क्षमता अभिवृद्धि गर्न को लागि आयोजना गरियको कार्यक्रम जिल्ला समन्वय समिति कास्कीले सम्पन्न गरेको छ । स्थानीय रुपमा जननिर्बाचित भएर काममा खटिएका निर्वाचित पदाधिकारीहरु आफ्नो काम र जिम्मेवारी को बारेमा जानकारी लिन को लागि गरियको एक दिने प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति कास्कीका सभापति अध्यक्ष बैन बहादुर क्षेत्री ले गर्नुभयको थियो । यस कार्यक्रमको प्रमुख अतिथि गण्डकी पर्देश का शिक्षा तथा सामाजिक विकास मंत्री कुमार खड्काले गर्नु भयको थियो । यसै गरि अतिथि हरुमा प्रमुख प्रशिक्षक तथा जिल्ला सम्वन्वयका पदाधिकारीहरु र आमन्त्रित जिल्ला समन्वयका सदस्य हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालक जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो सो कार्याक्रम मा छिमेकी जिल्लाहरु लमजुङ तनहु पर्बत स्यांग्जा लाइ आमन्त्रण गरेको भय पनि दुइ जिल्लाको १/१ जनाको सहभागिता थियो भने सबै गरेर करिब ३५/४० जनाको उपस्थिति मा सो कार्यक्रम गरियको थियो ।

 

बिहान १०.३० बाट कार्याक्रम सञ्चालन हुने भनिए पनि ढिलो गरी सञ्चालन भएको सो कार्यक्रम को उद्घाटन प्रमुख अतिथि कुमार खड्काले गर्नुभएको थियो । स्थानीय जनप्रतिनिधि हरुलाई आफ्नो काम कर्तब्य र अधिकार को बारेमा सुसुचित गर्नको लागि राखिएको यो कार्यक्रम आफैंमा सराहनीय भएको मन्त्री खड्काले बताउनुभयो भने यस्ता कार्यक्रमहरु मा भाग लिने मात्र होइन भाग लिएपछि आफ्नो क्षमताको पनि अभिवृत्ति भएको महसुस गर्नुपर्ने कुरामा जोड दिनु भयोर यस्ता कार्यक्रमहरु बेलाबेलामा हुने गर्नु पर्छ भन्नभयो तेस्रो तहको सरकारको जिम्मेवारी बोकेका कार्यपालिकाका सदस्यहरु ले आफ्नो क्षमता अभिवृद्धि गरी आफ्नो स्थानीयस्तरमा सबैलाई चौतर्फी तरिकाले समाज विकास सुशासन संगै आफ्ना अधिकार प्रयोग गर्न का निम्ति यो क्षमता अभिवृद्धि कार्यक्रम सफल रहोस भनि शुभकामना दिनुभएको थियो ।

 

क्षमता अभिवृद्धि कार्यक्रम भएको हुनाले विशेषगरी विषय विशेषज्ञहरु सहितको कार्यक्रम आयोजना गरिएको हुनाले सो कार्यक्रमलाई आकर्षक र प्रभावकारी बनाउनकोलागि विषय अनुसारका विशेषज्ञहरु बाट प्रशिक्षण हुने भय अनुसार अन्चला चौधरी ले ‘समाजशास्त्रीय परिप्रेक्ष्यमा विकास र अवधारणा ‘ भन्ने विषयमा प्रशिक्षण गर्नुभएको थियो भने धन्यवाद सन्त माया सुवेदीले दिनु भएको थियो र त्यस्तै गरि प्रध्यापक डा। भरतराज पहारीले ‘गुणस्तरीय स्थानीय पूर्वाधार विकास र अर्थपूर्ण अनुगमन ‘भन्ने बिसय मा प्रशिक्षण दिनुभएको थियो भने धन्यवाद बिष्णुमाया ढकाल ले व्यक्त गर्नुभएको थियो ।प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले ‘विकास र सुशासन’ विषयमा प्रशिक्षण दिनुभएको थियो भने धन्यवाद आशुम बि।क। फेदीखोलाले दिनुभएको थियो अन्तमा सुशासन तथा कानूनबिज्ञ बिरेन्द्र पराजुलीले ‘स्थानीय पालिका हरुमा कार्यपालिका सदस्यहरूको भूमिका’ विषयमा प्रशिक्षण दिनुभएको थियो भने उहाँलाई धन्यवाद मीन विश्वकर्माले व्यक्त गर्नुभएको थियो ।

 

प्रशिक्षण कार्यक्रम समापन भएपछि कार्यक्रमलाई सफल बनाउन सबैले महत्वपूर्ण भूमिका खेल्नु भएको मा धन्यवाद दिँदै विष्णु नेपाली र राधिका शाहीले आफ्ना भनाइ राख्नुभय को थियो भने कार्यक्रमका प्रस्तोता जिल्ला समन्वय अधिकारी नवराज बरालले कायक्रम संचालन गर्ने समयमा कहीँकतै त्रुटि भएको भए क्षमा माग्दै आफू ओझेल परेको र कार्यक्रमको अध्यक्षता गरिरहनुभएका बैन बहादुर क्षेत्री अधिकारीलाई कार्यक्रम समापन गरिदिन अनुरोध गर्दै आफू ओझेल परेको बताउनुभएको थियो ।

 

कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला समन्वय समितिका अध्यक्ष बैन बहादुर क्षेत्री अधिकारीले यो कार्यक्रम तिनदिन को लागि हुनुपर्ने थियो तर एकदिनमै सक्नु पर्ने बाध्यता भयको हुनाले आफू आगामी दिनमा यस्ता कार्यक्रमहरु राख्दा कार्यक्रमको महत्व अनुसार राखिने अनुरोध गर्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

-प्रकाश अधिकारी

प्रतिक्रिया दिनुहोस्: